बर्दिया, असोज २४(फरकसमाचार) / लागु औषध कसुरमा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मधुवन नगरपालिका–८ बस्ने पप्पु अन्सारी र विकाश चौधरीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । अदालतले ०७८ साल माघ ४ गते लागु औषध ब्राउन सुगर मुद्दामा दुवैलाई सजाय तथा जरिवाना तोकेको थियो ।
अदालतले अन्सारीलाई १ महिना २० दिन कैद सजाय र रु ५ हजार जरिवाना तोकेको थियो भने चौधरीलाई सोही मुद्दामा ५ दिन सजाय तोकेको थियो । अदालतले सजाय तोकेको दिन देखि दुवै जना फरार रहेका थिए ।
खोजतलासको क्रममा दुवै जना घरवतनमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई अदालतमा उपस्थित गराई कैद सजाय भुक्तानको लागि कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।