बर्दिया, असोज २५ (फरकसमाचार) / गत बुधबार देखि भईरहेको लगातार वर्षाले कर्णाली नदीमा आएको बाढीले बस्ती डुबाएको छ । कर्णाली नदीको बाढीले राजापुर नगरपालिका अन्र्तगतका आठ सय बढी घर डुबानमा परेका हुन् । कर्णाली नदीले बितण्डा मच्चाउँदा स्थानीयले घर छोड्न बाध्य भएका छन् । कर्णाली नदी उर्लिदा आइतबार राति नै राजापुर नगरपालिका–१ को चनौरा, दौलतपुर लगायतको बस्ती डुबाएको थियो । बाढीबाट विस्थापित घर परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
सोमबार साँझ ५ बजेसम्म प्राप्त तथ्यांक अनुसार कर्णाली नदीको बाढीबाट आठ सय घरपरिवार प्रभावित भएको ईलाका प्रहरी कार्यालय राजापुरका डिएसपी प्रकाश सापकोटाले बताए । ‘१ सय ३८ जना पुर्ण रुपले घर छोडेका छन्’ डिएसपी सापकोटाले भने,‘पुर्ण र आंशिक गरी आठ सय घरपरिवार बाढीबाट प्रभावित भएका छन् ।’
राजापुर नगरपालिका–१, ३, ४, ५, ७, ८ र ९ बाढीले प्रभावित भएको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले फेसबुक वालमा पोष्ट गरी जनाएका छन् । राजापुर नगरपालिका–७ को कार्यालय, वडा नम्बर ३ को तिघ्रा, नङ्गापुर र वडा नम्बर १ को दौलतपुर गरि ६ स्थानमा बाढीबाट विस्थापितको लागि खाना मेस संचालन गरिएको जानकारी दिएका छन् ।
लगातार भईरहेको अबिरल वर्षाले जिल्लाका साना तथा ठुला नदीमा पानीको सतह बढेको छ । पानीको सतह बढ्दा नदी तटीय क्षेत्रमा बासेबास गर्ने स्थानीय त्रसित भई रातभर जाग्राम बस्न बाध्य छन् ।
जिल्लामा मानविय क्षति भएको छैन । अबिरल वर्षाले मकैबाली र धानबालीमा क्षति पु¥याएको छ । वर्षाले अन्नबालीमा पु¥याएको क्षतिको एकिन तथ्यांक प्राप्त भएको छैन ।