बर्दिया १ मा काँग्रेसबाट दुई जनाको उम्मेदवारी, गौतमविरुद्ध राठोरको उजुरी
मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित

बर्दिया, असोज २५ / निर्वाचन क्षेत्रनं १ मा दुई जना काँग्रेसका उम्मेदवारले मनोनय दर्ता गराएका छन्।

बर्दिया निर्वाचन क्षेत्रनं १ मा काँग्रेसका दुई नेता पूर्व सिंचाई मन्त्री र वर्तमान जिल्ला सभापति अरुण प्रकाशसिंह राठोरले मनोनयन दर्ता गरेका हुन्। मनोनय दर्ता गरेका गौतम विरुद्ध अर्का काँग्रेसका नेता राठोरले उजुरी दर्ता गरेपछि आधिकारीक उम्मेदवार को हो भन्नेमा कार्यकर्ता दुबिधामा छन्।

गौतमको मनोनयन दर्तामा आधिकारीता नभएको भन्दै  अरुणसिंह राठोरले निर्वाचन अधिकृत कार्यालय गुलरियामा उजुरी गरेको खुलेको छ। गौतमको विरुद्धमा राठोरले उजुरी दर्ता गरेको निर्वाचन क्षेत्रनं १ का निर्वाचन अधिकृत कार्यालयका प्रमुख कैलाशप्रसाद सुवेदीले बताए।‘उम्मेदवारको विरुद्धमा उम्मेदवार राठोर उजुरी दर्ता गर्नु भएको छ,’उनले भने,‘ आयोगसँग परामर्श हुँदैछ,आधिकारीक हो भन्ने निर्णय हुन्छ।’

नेताको टुंगो नलाग्दै सामाजिक संजालमा प्रचार प्रसारमा कार्यकर्ता लागेका छन्। पूर्व सिंचाई मन्त्री गौतम र जिल्ला सभापति राठोर निर्वाचन क्षेत्रनं १ को लागि प्रतिनिधि सभा सदस्यका लागि मनोनयन गरेपछि आधिकारीताका लागि अझै अन्यौल कायम छ। जिल्लाका ठूलो नेताले नै प्यानलगत एकतर्फी प्रचार प्रसार गरिरहँदा काँग्रेस कार्यकर्ता निराश भएका छन्। ठाकुरबाबा नगरपालिका वर्तमान नगर प्रमुख तिलकराम लम्सालले नै राठोर आधिकारी उम्मेदवार भएको उल्लेख गरेका छन्।

जिल्लामा कोईराला पक्ष र देउवा पक्षको मतभेत उत्र्कषमा पुगेको छ। कोईराला पक्षका जिल्ला नेताले गौतम आधिकारी उम्मेदवार भएको भन्दै प्रचार प्रसार गरेको सामाजिक संजालमा देखिन्छ।यसअघि निर्वाचन क्षेत्रनं.१ मा तत्कालिन एमालेका उपाध्यक्ष बामदेव गौतमलाई गठबन्धनको उम्मेदवार मनोनयन विवादमा परेका काँग्रेसका गौतमले चुनाव हराएका थिए।नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर