बर्दियामा लागु औषधसहित चार पक्राउ
बुधबार, असोज २६, २०७९ मा प्रकाशित

बर्दिया, असोज २६ (फरकसमाचार) / लागु औषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको खजुरा गाउँपालिका–४ का सिमोन विक, वडा नम्बर १ का ललित भुजेल र खजुरा गाउँपालिका–१ का भानु सिग्देल तथा नेपालगञ्ज उपमहानगरपालिका–४ का राजेश विकलाई प्रहरीले पक्राउ गरेको हो । बढैयाताल गाउँपालिका–२ फुटाह दशगजा स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा सिमोन र ललितलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको थियो । दुवै जना भे ८ प ३८०९ नम्बरको मोटरसाईकलमा सवार भई शंकास्पद रुपमा नेपालतर्फ आईरहेका थिए ।

प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा दुवै जनाको साथबाट ४ ग्राम ७ सय मिलिग्राम लागु औषध ब्राउन सुगर फेला परेको थियो । प्रहरीले सोधपुछ गर्दा भानु र राजशले ल्याउन पठाएको खुलेपछि चारै जना पक्राउ परेका छन् ।

प्रहरीले चारै जनालाई नियन्त्रणमा लिई अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर