बुधबार, असोज २६, २०७९
मा प्रकाशित
1189
Shares
कैलाली, असोज २६ / कैलाली ५ (ख) बाट प्रदेश सभा उम्मेदवार बनेका नेपाली कांग्रेसका बागी क्षितिज भण्डारीले नाम फिर्ता गरेनन् ।
निर्वाचन आयोगले तोकेको समय सीमामा उनले नाम फिर्ता गरेनन् । कैलाली ५ (ख)मा प्रधानमन्त्री पत्नी आरजु राणाका स्वकीय प्रकाश देउवा उम्मेदवार बनेका छन् । ‘आरजुको पीएलाई हराएर म जित्छु । मैले किन फिर्ता लिनु ?’ भण्डारीले भने, ‘प्रधानमन्त्रीको फोन आएको थियो । फिर्ता गर्दिन भनें ।’
भण्डारी संस्थापनइतर पक्षका हुन् । प्रधानमन्त्री पत्नीका स्वकीय सचिवलाई पार्टीले टिकट दिएपछि उनी बागी बनेका हुन् ।अनलाइनखबरबाट साभार