बर्दिया, असोज २७ (फरकसमाचार) / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले राजापुर अन्तर्गतका बाढी पिडितलाई राहत वितरण शुरु गरेको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले बाढी पिडितलाई राहत स्वरुप नगद रुपियाँ वितरण गर्न सुरु गरेको हो । लगातार वर्षाका कारण कर्णाली र बबई नदीमा आएको बाढीबाट प्रभावित भएका परिवारलाई राहत वितरण सुरु गरिएको छ । बाढी पिडितका प्रति घर परिवारलाई रु १५ हजारका दरले राहत वितरण गरिएको छ ।
जिल्लाका ४ पालिकाका ८ हजार २ सय ३१ बाढी पीडित घरपरिवारलाई राहत बितरण गरिने जिल्ला रेडक्रस सोसाइटी बर्दियाका अधिकृत हरि केसीले जानकारी दिए । राजापुर नगरपालिकाका ३ हजार ९ सय ७१, गेरुवा गाउपालिकाका २ हजार ८ सय ५९, मधुबन नगरपालिकाका ५ सय ८ र ठाकुरबाबा नगरपालिकाका ८ सय ८६ घरपरिवारलाई वितरण गरिने छ ।
लगातार वर्षाले खेतमा तयारी अवस्थामा रहेका धान र मकै बालीमा क्षति पु¥याएको छ । लगातार भएको वर्षातले किसानहरु दुखी भएको गुलरिया नगरपालिका–९ का मैकु लोधले बताए । ‘धान लगाउने समयमा वर्षात नहुदाँ महँगो भाउमा डिजेल ल्याएर रोपाई ग¥यौं’ लोधले भने,‘पानी र मलको अभावमा तयार गरेको बाली भित्राउने समयमा प्राकृतिले धोका दियो ।’ सरकारले नोक्सानीको उचित राहतको व्यवस्था गर्न उनले माग गरे ।