बर्दिया, असोज २८ (फरकसमाचार) / ६७औं प्रहरी दिवसको अवसरमा प्रहरीले कर्मचारीले रक्तदान, सरसफाई र बृक्षारोपण गरेका छन् । प्रहरी कर्मचारीले सुरक्षा दिनुका साथै सामाजिक र धार्मिक काममा चासो बढ्दै गएको छ ।
प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत २८ प्रहरी कर्मचारीले रक्तदान गरेका छन् ।
ईलाका प्रहरी कार्यालय ढोढरीले मधुवन नगरपालिका–४ स्थित शिव मन्दिरको परिसर सरसफाई गरेको छ ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय बनियाभारले कार्यालय परिसरमा फलफूल तथा अन्य प्रजातिको बिरुवा रोपेको छ । ६७औं प्रहरी दिवसको अवसरमा प्रहरीले गरेको काम सह्रानिय रहेको भन्दै स्थानीयले प्रशंसा गरेका छन् ।
प्रहरी दिवसको अवसरमा २८ प्रहरी कर्मचारीले एक/एक पिन्ट गरी जम्मा २८ पिन्ट रगत रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए । प्रहरी कर्मचारीले गरेको रक्तदान रेडक्रसको सहयोगमा बर्दिया अस्पतालको रक्त संकलन केन्द्रमा राखिने छ । रगत आवश्यक पर्ने बिरामीलाई निशुल्क रुपमा रगत उपलब्ध गराईने जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दिया द्वारा आयोजित रक्तदान कार्यक्रममा प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाही, प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहरालगायत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।