बर्दिया, असोज ३१ (फरकसमाचार) / जबरजस्ती करणी र कर्तव्य कसुरमा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–३ का भिख्खु थारुलाई आईतबार र गेरुवा गाउँपालिका–३ का अरुण चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
०७३ साल बैशाख ५ गते जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा थारुलाई २ वर्ष ११ महिना ४ दिन कैद सजाय तोकेको थियो । त्यसैगरी ०७७ साल भदौ ३० गते जिल्ला अदालतले चौधरीलाई कर्तव्य ज्यान मुद्दामा १ वर्ष ५ महिना ४ दिन कैद सजाय र रु १० हजार जरिवाना तोकेको थियो । अदालतले कैद सजाय र जरिवाना तोकेको दिन देखि दुवै जना फरार रहेका थिए । ईलाका प्रहरी कार्यालय ढोढरी र प्रहरी चौकी धनौराबाट खटिएको संयुक्त प्रहरी टोलीले थारुलाई घर वतनमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय पाभाभारबाट खटिएको प्रहरी टोलीले चौधरीलाई लुकिछिपी घर वतनमा बसेको अस्थामा नियन्त्रणमा लिएको हो । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिई अदालतमा उपस्थित गराई कैद सजाय भुक्तानको लागि कारागार पठाईएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।