बर्दिया, असोज ३१(फरकसमाचार) / अबैध रुपमा भारतबाट ल्याई घर कोठामा लुकाई छिपाई रहेको पटाका प्रहरीले बरामद गरि नष्ट गरेको छ ।
घर कोठामा लुकाई छिपाई राखिएको पटाका प्रहरीले बरामद गरि सोमबार नष्ट गरेको छ । राजापुर नगरपालिका–४ बिशाल बजार स्थित मनोज गुप्ताको घरमा कोठा भाडामा लिई बस्ने राजा भन्ने मेराजुदिन अन्सारीले भारतबाट पटाका ल्याई भण्डारण गरेका थिए ।
ईलाका प्रशासन कार्यालयका प्रमुख सुनिल दत्त, राजापुर नगरपालिका–४ का वडा अध्यक्ष बिदुर पोखरेल, राजापुर भन्सार कार्यालयका प्रतिनिधि, तथा स्थानीयको रोहबरमा प्रहरीले बरामद पटाका नष्ट गरेको छ ।
प्रहरीका अनुसार नष्ट गरिएको पटाका मुल्य रु १ लाख २० हजार बराबर रहेको छ । अबैध रुपमा घर कोठामा राखिएको १० बोरा विभिन्न प्रकारका पटाका प्रहरीले बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए ।