प्रहरी दिवसमा सात प्रहरी कर्मचारी पुरस्कृत
मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित

बर्दिया, कार्तिक १ (फरकसमाचार) / ६७औं प्रहरी दिवसको अवसरमा उत्कृष्ट काम गर्ने सात प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । उत्कृष्ट काम गरे वापत सात प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालयले सोमबार नगर पुरस्कार प्रदान गरेको हो । ६७औं प्रहरी दिवसको अवसमा अमर प्रहरी स्मारिकामा वीर अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सलामी दिईएको थियो । कार्यक्रममा उपस्थित अमर सहिद प्रहरीका परिवारलाई कदरपत्र र दोसल्ला ओढाई सम्मानसमेत गरिएको थियो ।

प्रहरी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले प्रहरीले सुरक्षा मात्र होइन विकासको काममा सहयोग गरेको बताए । ‘नगर पालिकाले गरेको विकासको काममा प्रहरी प्रशासनको योगदान छ’ नगर प्रमुख यादवले भने,‘विकासको जुनसुकै काममा प्रहरीको सहयोग उदाहरणीय छ ।’ जिल्ला प्रहरी कार्यालयको परिसर भित्र सहिद प्रहरी र पुर्व प्रहरीको कार्यालय भवन निर्माणको लागि गुलरिया नगरपालिकाको तर्फबाट तत्काल दश लाख बिनियोजन गर्ने नगर प्रमुख यादवले घोषणा गरे । वडा र नगरपालिकाको सहयोगमा दुई वर्षमा सहिद प्रहरी परिवारको कार्यालय भवन निर्माण सम्पन्न गर्ने नगर प्रमुख यादवले कार्यक्रममा सार्वजनिक गरे । देशको निम्ति आहुती प्राप्त गरी देशलाई यो स्थानमा पु¥याएने सहिद प्रहरीलाई कहिल्यै नर्बिसिने बताउँदै नगर प्रमुख यादवले सहिद प्रहरीको परिवारको आत्म बल बढाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले स्थानीय सरकारको तर्फबाट नगर प्रमुख यादवले सहिद र पुर्व प्रहरीको लागि कार्यालय भवन निर्माण गर्ने घोषणा सह्रानिय रहेको बताए ।

‘सबै नागरिक बिना वार्दीका प्रहरी हुन्’ प्रजिअ बास्तोलाले भने, ‘प्रहरी वार्दीका नागरिक हुन् ।’ यो भावना अनुसार कार्य गरेमा नागरिक र प्रहरी दुवैको अपेक्षा पुरा हुनेछ । नागरिकको भन्दा प्रहरीले संख्या कम छ । त्यसैले नागरिक बिना वार्दीका प्रहरी हुन् । प्रहरीको काममा सबैले सहयोग गर्नुपर्ने सुझाए । ८० हजार प्रहरीले पुरानो शैलीको सेवा दिन सम्भव छैन । त्यसैले अबको प्रहरी प्राविधिमैत्री हुनु पर्ने प्रजिअ बास्तोलाको भनाई रह्यो ।

विभिन्न संचारमाध्यमबाट आएको कमीकम्जोरीलाई सुधार गर्दै नागरिकमैत्री प्रहरी बन्न आवश्यक रहेको छ । नेपाल प्रहरीले आफ्नो मुख्य जिम्मेवारी शान्ति सुरक्षा अमनचयन, कानुनको कार्यन्वयन, कानुन शासनको प्रत्याभुती र अपराध अनुसन्धानमा अब्बल पहिचान बनाएको सुनाए । त्यसैगरी नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा ईन्टरपोल र शान्ति सेनामा राम्रो छवि बनाएको प्रजिअ बास्तोलाले भनाई छ ।

प्रहरी दिवसको अवसरमा प्रहरी संगठनले देशैभर विभिन्न कार्यक्रमको आयोजना गरि शुभकाना साटासाट गरेको प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले बताए । ‘कर्तव्य पालना गर्ने क्रममा बिरगति प्राप्त गर्ने अमर सहिद प्रहरीलाई स्मरण गरेका छांै’ प्रहरी उपरीक्षक शाहीले भने, ‘सहिद प्रहरीको बलिदानका कथाहरु हामी कार्यरत प्रहरी कर्मचारीको प्रेरणाका स्रोत बनेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय