नवौं राष्ट्रिय खेलकुद : महिला म्याराथनमा बिन्द्राले जितिन् स्वर्ण
मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित

काठमाडौं, कात्तिक १ / नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला म्याराथनको स्वर्ण विभागीय टोली एपीएफ क्लबकी विन्द्रा धन्के श्रेष्ठ देशारले जितेकी छन् ।

पोखरा रंगशालामा मंगलबार बिहान सम्पन्न म्याराथनमा बिन्द्राले निर्धारित दुरी २ घण्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । उनले म्याराथनमा प्रतिस्पर्धा गरेको पहिलो पटकमै स्वर्ण जित्न सफल भएकी हुन् ।

उनले यसअघि मध्यम दूरीमा प्रतिस्पर्था गर्दै आएकी थिइन् । आर्मीकी विश्वरुपा बुढाले ३ घण्टा ००.३५ सेकेन्डमा दूरा पूरा गर्दै जरत जितिन् । पुलिसकी रेखा बिष्टले ३ घण्टा ०१.३५ सेकेन्ड समय निकाल्दै कास्य जितिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय