जनताको छोरालाई माननिय बन्ने अवसर ल्याउँदै चुनाव
बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित

बर्दिया, कात्तिक ३ (फरकसमाचार) / मंसिर ४ गते तोकिएको प्रतिनिधि र प्रदेश सभाको लागि चुनावी मैदानमा उम्मेदवार संघर्ष गरिरहेका छन् । बर्दिया निर्वाचन क्षेत्रनं २ मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सुरेश पन्थ, एमालेबाट पंकज सिंह राठोर प्रतिनिधि सभाका लागि प्रतिस्पर्धी उम्मेदवार छन् । प्रदेश सभामा २ (क)मा जन्मजय तिमिल्सेना र २(ख)मा मानबहादुर चौधरी प्रदेश सभाका लागि साझा गठबन्धनको उम्मेदवार भएर चुनावी मैदानमा उत्रिएका छन् । एमाले तर्फ कृष्णी थारु र लाहानु थारु प्रदेश सभाका उम्मेदवार हुन ।

मधुवन घर भएका पन्थ भने यतिवेलाको चुनावी चर्चामा अघि छन् । सामान्य परिवारका पन्थ माओवादीले गरेको एकल सिफारिसले जनताको छोरालाई माननिय बन्ने अवसर आएको आम मतदाताको बुझाई छ । होचो कद भएपनि समाज सेवाबाट उचो कद बनाएका पन्थ बोलीमा नम्र, व्यबहारमा ओझ र समाजसेवा गरेको योगदानको चर्चा भने यतिवेला चलिरेहेको छ । ४७ बर्षिय ढिटो पन्थको एकाएक नाम चल्नुमा ‘जहाँ समस्या त्यहा योगदान’ भन्ने उक्ति पन्थले चरितार्थ गर्न सफल भएका छन् ।

एक दशक अघि देखि आफु जन्मेको भुगोलमा सामाजिक काम गरेका उनलाई सफलता सिखर चढाउँन मतदाता उत्सुक छन् । आफ्नै गाउँ र आफ्नै ठाउँ बनाउँन पाँच दलिय गठबन्धनबाट सफल व्यक्तिलाई पार्टीले चुनेको पनि स्थानीयको बुझाई हो । पाटीमा गरेको लगनाी र आफ्नो जिल्ला सम्झेर कोभिड १९ नियन्त्रणका लागी लाखांैको सुरक्षा सामाग्री दिने मध्यका पर्छन मधुवनका पन्थको योगदान अतुलनिय छ । उनले बिपद व्यबस्थापन समिति र स्थानीय तहलाई पटक पटक स्वास्थ्य समाग्री उपलब्ध गराउँन पन्थ सफल भएका कारण यसअघि राष्ट्रपतिबाट उनले पुरस्कार पाईसकेका छन् ।

‘एक व्यक्तिको स्वास्थ्य सामाग्रीले के कति नै सहयोले गर्ला ? माग भए बमोजिम प्रयाप्त नहुन पनि सक्छ । विश्व नै कोरोना संक्रमणको लडाई लडिरहेको अबस्थामा यो भएन, त्यो भएन, नेताले गरेनन् भन्ने धेरै छन् । मन फुकाएर सहयोग गर्ने कमै भेटिने मध्यमा पर्छन पन्थ’ राजापुरका मतदाताले मुक्तकन्ठले पन्थको प्रशंसा गरे । ‘पैसाले त कस्लाई पुग्छ र ?’ उनले प्रतिप्रश्न गर्दै भने,‘सम्पति नजोडेर बिषम परिस्थितिमा सहयोगको भावना झल्काएको मात्र हो,त्यतिबेला भने राजनिति गर्नालाई सहयोग गरेका होईनन,तर परिस्थितिले जनताको छोरा पन्थलाई माननिय हुने अवसर आयो ।’ पन्थको पहलमा मधुवन शिक्षाको हब वन्न सफल भएको मतदाताको बुझाई छ ।

बिपन्नको सहारा बनेका उनलाई साझा गठबन्धनवाट टिकट पाएर चुनावी मैदानमा उत्रिदा जनताको छोरालाई माननिय बन्ने अवसर मिलेको मतदाताले प्रतिक्रिया दिन थालेका छन् । सफल उद्यमिका रुपमा परिचित पन्थले मधुवन र गुलरिया नगरपालिकामा कृषि अनुसन्धान केन्द्रको रुपमा विकास गर्न ५० बिगाहामा कृषि फर्म खोलेका छन् । बढ्दो बेरोजगारीले बैदेशिक रोजगारीमा युवा पलायन भईरहेको अवस्था स्वदेशमा रोजगारी सिर्जना गर्ने गरी संचालन गरिएको फर्मले माओवादी भित्रका भिजनरी नेताको रुपमा केन्द्रमा समेत पन्थ स्थापित भईसकेका युवा नेता मध्यमा पर्छन ।

देशभरिमा युवा लक्षित कार्यक्रम ल्याएर पन्थ माओवादी भित्र भिजनरी नेता रुपमा केन्द्रमा स्थापित हुदा पन्थले गरेको सेवाका कारण मुहार उज्यालो बनाउँने बिपन्न परिवारको बर्ग ठूलो छ । ३५ जना शहिद र बिपन्न परिवारको छात्र र छात्रालाई अध्ययन गराउँने उनले गरेको योगदानले पन्थ जनताको छोरा भनेर स्थापित भएका हुन् ।

राजनितिकलाई व्यबसाय ठानेर पद मोह भएका नेताका कारण बर्दिया जिल्लाको विकास हुुन नसकिरहहेको बेला साझा गठबन्धनबाट निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभाको चुनावमा होमिएका नेता पन्थलाई जनताको छोरो माननिय हुने अवसर पाएका मतदाताको बुझाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर