लागु औषधसहित एक पक्राउ
बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित

बर्दिया, कार्तिक ३ (फरकसमाचार) / लागु औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेत बिरेन्द्रनगर नगरपालिका–११ का मोहम्मद अर्मान बक्सलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । बढैयाताल गाउँपालिका–२ फुटाह स्थित भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आउँदै गरेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

शंकास्पद रुपमा रहेका बक्सलाई प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध ब्राउन सुगर फेला परेको हो । प्रहरीले उनको साथबाट ५ ग्राम ८ सय मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारेको छ ।

साथै ट्रामाडोल ट्याब्लेट ५ थान र नगद रु ७ हजार ५ सय बरामद भएको जनाईएको छ । प्रहरीले बक्सलाई नियन्त्रणमा लिई अदालतबाट लागु औषध मुद्दामा म्याद थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय