किसानलाई मेघा किसान कार्ड वितरण
बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया, कात्तिक ३ / शिसा परियोजनाले किसानलाई मेघा किसान कार्ड वितरण गरेको छ । युएसएआईडीको आर्थिक सहयोगमा संचालित शिसा परियोजना नेपालले बुधबार किसानलाई कार्ड वितरण गरेको हो । बढैयाताल गाउँपालिकाका १७ जना अगुवा किसानलाई सहज र सहुलियत दरमा कृषि सामग्री खरिदको लागि मेघा बैंकसंगको साझेदारीमा मेघा किसान कार्ड बितरण गरेको छ ।

बढैयाताल कार्ड सटहि केन्द्रका प्रोप्राइटर जोखन थारुको सभापतित्वमा कार्ड वितरण कार्यक्रम भएको छ । बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठि र साझेदारी सस्थाका प्रतिनिधिबाट संयुक्त रूपमा अगुवा किसानहरूलाई मेघा किसान कार्ड वितरण गरिएको थियो।

कार्यक्रममा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठि, बढैयाताल गाउँपालिका–६ का अध्यक्ष शुक्र राज सापकोटा, वडा नंम्बर ५ का अध्यक्ष तुलाराम थारु, शिसा परियोजनाका कार्यक्रम अधिकृत राज किशोर राय, फिल्ड सुपरभाइजर रोशन भण्डारी र शुरेस थारु, मेघा बैंक बाँसगढि शाखा प्रमुख मोहन चौधरी, ऋण अधिकृत भुवन शाही लगायत कार्ड सटहि केन्द्रका प्रतीनिधि र अगुवा किसानहरूको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर