जलवायु परिवर्तनलाई अनुकुल बनाउन रेडप्लसको अवधारणा
शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित

बर्दिया, कात्तिक ४ (फरकसमाचार) / जलवायु परिवर्तनका प्रभाव विश्वव्यापी समस्या बनिरहँदा नेपालमा रेडप्लसको अवधारणा ल्याईएको छ । जलवायु परिवर्तनका प्रभावलाई न्युनिकरण गर्न रेडप्लसको अवधारणा नेपालमा ल्याईएको हो । यो अवधारणा अनुसार काम गरे जलवायु परिर्वतनका प्रभाव न्युनिकरण हुनुका साथै देशलाई आर्थिक लाभसमेत हुने विश्वास गरिएको छ ।

वन विनास, वन क्षयीकरण कम गरेर वनबाट हुने कार्वन उत्सर्जन घटाउने र वन संरक्षण, वनको दिगो व्यवस्थापन र वनमा कार्वनको सञ्चिति बढाउँदा वनमा थप कार्वन सञ्चिति अभिबृद्धि गर्ने रेडप्लसको अवधारणा रहेको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण बिडारीले प्रस्तुतिकरणमा बताए । रेडप्लसको अवधारणाले भईरहेको वनको विनास तथा हैसियतमा ह्रासबाट हुने उत्सर्जनलाई कम गर्ने देशलाई सहयोग प्राप्त हुन्छ । उत्सर्जन बढि गर्ने व्यक्ति तथा देशहरुले आर्थिक सहयोग गर्नुपर्छ । जुन कारोबार कागजमा हुन्छ ।

नेपाल सरकार र विश्व बैंक बिच सन् २०२१ फेब्रुअरी २४ मा उत्सर्जन न्युनिकरण भुक्तानी सम्झौता गरेको छ । जुन सन २०२५ लागि सम्झौता गरिएको छ । ९० लाख टन कार्वन सत्र्सजन न्युनिकरण गरे विश्व बैंकले नेपाललाई ४ लाख ५० हजार रकम उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको जनाईएको छ ।
जलवायु परिवर्तनले पृथ्वीको तापक्रम तातिदैछ । नेपालको जनसंख्या विश्व जनसंख्याको ०.४ प्रतिशत भन्दा कम रहेको छ । विश्वमा नेपालले ०.०२५ प्रतिशत मात्र हरित गृह ग्याँस उत्सर्जन गर्छ तर पनि नेपालको तापक्रम वार्षिक ०.०६ डिग्री सेल्सियसले बृद्धि भएको तथ्यांक छ ।

‘जलवायु परिवर्तनको समस्या सृजना गर्न हाम्रो भूमिका नगन्य छ’ प्रमुख बिडारीले भने,‘तर औद्योगिक राष्ट्रहरुले सृजना गरेको समस्याबाट हामी प्रभावित भएका छौं ।’ यो साझा समस्याबाट बच्न हामी सचेत हुनुपर्छ । नेपालमा हुने वर्षामा प्रति वर्ष १.३ मिलिमिटरको दरले बृद्धि भएपनि पानी पर्ने दिनहरुमा ०.०८ दिन प्रति वर्षको दरले घटेको प्रमुख बिडारीले जनाए । जलवायु परिवर्तनले मनसुनमा अनियमितता बढेको छ ।

देशको कुनै भागमा खडेरी त कुनै भागमा बाढी आउने गर्छ । परिवर्तित जलवायुलाई अनुकुल बनाउन कम ईन्धनको प्रयोग, चेतना तथा शिक्षा, अध्ययन अनुसन्धान उपयुक्त निति नियम, व्यक्तिगत आचरण जलस्रोतको संरक्षण तथा समुचित व्यवस्थापन र वन तथा जैविक विविधताको संरक्षणमा ध्यान दिनु पर्ने प्रमुख विडारीले सुझाए ।

रेड कार्यान्वयन केन्द्र काठमाडौंको सहयोग र डिभिजन वन कार्यालय बर्दियाको आयोजनामा बिहीबार जलवायु परिर्वतन र रेड अवधारणा सम्बन्धि संचारकर्मीसंग बिहीबार अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख प्रवीण विडारीले प्रस्तुतिकरण गरेका थिए । अन्तरक्रिया कार्यक्रममा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत द्रोणराज शर्मालगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर