बर्दिया, कात्तिक ६ (फरकसमाचार) / ‘हे बरै कसरी ज्यान जोगाउँने हो’अनुहारमा त्रासका पिडा कोरीएका रेखा देखिने गरी मधुवनकि नाम परिवर्तन सुशिला गिरी भनिन्,‘भारतीय सुरक्षाकर्मीको त्यस्तै त्रास, साँझ पख खतरानाक जनवार घरै पुग्छन् ।’ आशा र त्रासमा कहिले सम्म बाच्ने हो भनिरहँदा उनका स्वरलाई साथ दिएको अनुहारमा पनि त्यस्तै अनुभुति भएको प्रष्ट पढन सकिन्थ्यो ।
हात्ती र बाघको त्रासमा बाँचिरहेका भारतीय सीमावर्तीका गाउँमा पिडा र दुःख बाहेकका सुखद शब्द कसैको मुखबाट निस्कदैन । भारतीय पक्षले संरक्षित वन घोषण गरेसँगै बढेका जंगली जनावरबाट भएका नोक्सान प्रत्यक्ष सीमावर्तीका किसानलाई परेको छ ।
जंगली जनावरको आक्रमण र सुरक्षाकर्मीबाट पाएको पिडाले थातथलो छोड्ने अवस्थामा पुगेका सर्वसाधारण सहेर वस्नु पर्नेको विकल्प छैन । यस्तै पिडा फेरी शुक्रवार दोहोरिएको छ । बाघको आक्रमणबाट दुई जना घाईते भएका छन् । मधुवन ७ बस्ने सोम श्रेष्ठ र गुलरिया १ का राकेश लोध बाघको पन्जा फुत्केर बाच्न सफल भएका छन् । दुवै जना घाईतेको भेरी अंचल अस्पतालमा उपचार भईरेहेको छ । यस्तै लगातार निकुञ्ज छेउछाउँ बस्ने सर्वसाधारण माथि जंगली जनावरको आक्रमण भईरहेको छ ।
बारबर्दिया नगरपालिका– ७ बरगधवा ४८ वर्षिय सोलीराम थारु शनिवार बिहान मर्निङ वाकमा निस्कदा जंगली हात्तीको आक्रमणमा पर्दा ज्यान गयो । समुहमा जंगल नजिक मोर्निङवाकमा जादा थारु आक्रमण परेका हुन् । बाँके निकुञ्ज विस्तार गरेसँगै जंगली जनावरको ओहोर दोहोर चलिरहँदा यस्ता घटना दोहोरिरहेका छन् । भारतको कतरर्निया आरक्षसँग जोडिएको खाता करिडोर हुुदै जंगली जनावर हात्ती, बाघ र गैडाको आवागमन निरन्तर भईरहन्छ । घाँस काट्न जंगल पस्ने, घर पालुवा जनावरलाई चरिचरण गराउँदा र च्याउँ टिप्न जादा जोखिममा परिरहेका छन् । खाता करिडोर नजिक भग्रैया लगायतका ठाउँमा बाघको विचरण हुने गरेको स्थानीय बताउँछन् ।
अस्पतालको शैयाबाट पन्थको नाम लिदै घाईते
‘ज्यान भन्दा ठुलो केहि रहनेछ हजुर बल्ल थाहा भयो । हामी त घाईत थियौ । अस्पताल कसरी पुग्यौ, थाहा भएन’घाईतले भनिरहदा उद्धार खटिएका अमर भण्डारी र जनप्रतिनिधि राजेन्द्र हमालले भावुक हुदै भने, ‘हामीले त तपाईहरुलाई मानविय धर्म निभाएका मात्र हौ ।’ भेरी अन्चल अस्पतालमा छटपटाईरहेका घाईतले भने,‘सुरेश पन्थ सरको पहलमा हामी पुगेका हौ भन्ने थाहा भयो, वहाँको नाम पहिल्यै देखि सुनेपनि आज हाम्रा लागि भगवान् सावित हुनु भयो ।’ मधुवनको बसन्ता निवासी पन्थको कारण हामी बाच्न सफल भएको उनले पटक पटक दोहो¥याए । रगतले लटपटिएको अवस्थामा निजि बहानमा भण्डारी र हमालले घाईतेलाई नेपालगंज पु¥याएका थिए ।
घाईतको उपचारको लाग्ने खर्च जिम्मा समेत लिएको सुन्दा विपन्न परिवारको खुसी छाएको छ । पन्थले डा.राजन पाण्डेलाई फोनबाट उपचारमा कमि नहुने गरी उपचार गरिदिन भनेर पन्थले गरेको आलय बिलय सुन्दा भने घाईते दंग भए । ‘समाजसेवी पन्थ हुनुहुन्छ भन्ने सुनेका थियौ’ गहभरी आँशु झार्दै भने,‘हाम्रा लागि भगवान् सुरेश सर हो, जसले दुःख साथ दिन्छ त्यहिले जनताको दुःख बुझछ ।’ पन्थ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् । लामो समय माओवादीबाट राजनितिक गरेका उनले जनताका पक्षमा काम गर्दा उनी जनप्रिय बन्दै गएका छन् ।
यतिबेला प्रचार प्रसार रहेका पन्थ गठबन्धनबाट साझा उम्मेदवार हुन् । कृषिलाई आधुनिकरण, समाजसेवा, शिक्षा सुधारमा गरेका अनेक प्रयासले सार्थकता पाउँदा उनी सर्वसाधारण माँझ उनको शिर उचो हुदैछ ।
शुक्रवार च्याउँ टिप्न जंगल जादा शुक्रवार पाटेको बाघको आक्रमणमा पर्दा सख्त घाईतको नेपालगंजमा उपचार भईरहेको छ । मधुवनका सोम श्रेष्ठ र गुलरियाका राकेश लोध बाघसँगको जुधाईमा गम्भिर घाईते उनीहरुको अवस्था सामान्य तर्फ उन्मुख छ । बाघले आक्रमण गर्दा खुट्टा र ढाडमा गहिरो चोट लाग्यो ।
बाघको पन्जाबाट फुत्किन सफल भएपनि अस्पताल सम्म पुराउँन, चिकित्सकको उपलब्धता, उपचारको सम्पुण खर्च बर्दिया निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी सुरेश पन्थ लिदा पिडित परिवार खुसी भएका छन् । प्रतिनिधि सभा सदस्यका प्रत्यासी पन्थले जंगली जनावरको पिडा मुक्त गर्न, कटान र डुवान समस्या, कृषि आधुनिकरण र भवराटप्पामा शिक्षण अस्पताल र कृषिको हब बनाउँने चुनावमा प्रमुख एजेण्डाको रुपमा प्रस्तुत गरेका छन् ।