चीनको सैनिक नेतृत्व ७२ वर्षीय चाङ योसियालाई
आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित

काठमाडौं, कात्तिक ६ / चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशनले केन्द्रीय सैन्य आयोग (सीएमसी) को उपाध्यक्षको जिम्मेवारी ७२ वर्षीय चाङ योसियालाई दिने भएको छ । पार्टी महासचिव स्वयं अध्यक्ष रहेको उक्त शक्तिशाली आयोगको नेतृत्व पाउन लागेका चाङ सर्वोच्च नेता बनेका सीका विश्वास पात्र मानिन्छन् ।

यो आयोग चीनको सम्पूर्ण सैन्य र सुरक्षासम्बन्धी कार्यहरूको निर्णायक निकाय हो । यस मातहत चिनियाँ जनमुक्ति सेना र प्रहरी दुवै रहन्छन् । यसलाई सैनिक नीति निर्माण तथा कार्यान्वयन गराउने निकायका रूपमा चिनिन्छ ।

चाङ सर्वोच्च नेता सीका विश्वास पात्र भएकै कारण यो जिम्मेवारी दिन लागिएको विश्लेषण हुन थालेको छ । सीले सीपीसीको नियमअनुसार उमेर हद बाँकी रहेका तीनजना जर्नेललाई पार्टिको केन्द्रीय कमिटीबाट बिदाइ गरेर चाङलाई यो जिम्मेवारी दिन थालेपछि उनले आफ्नो नयाँ कोर टिमलाई थप विश्वासिलो बनाउन खोजेको र त्यहीअनुसार जिम्मेवारी दिएको चर्चा भइरहेको छ ।

अघिल्लो कार्यकालमा सैन्य आयोगका उपाध्यक्ष रहेका सुइ चिल्याङ, रक्षामन्त्री रहेका वे फङ्कु र संयुक्त स्टाफ विभाग प्रमुख ली झुवचेङले केन्द्रीय समितिबाटै अवकाश लिएका छन् । तर पुरानो सैन्य कमाण्डअन्तर्गतका आयोगको राजनीतिक विभागका जर्नेल मियाओ हुआ र सैन्य अनुशासन विभागका जर्नेल चाङ सेङमिन भने अहिले पनि केन्द्रीय समितिमा नै छन् ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय