कात्तिक ११ / नेपाली कांग्र" />
कांग्रेसले शनिबारमात्रै घोषणापत्र सार्वजनिक गर्ने
शुक्रबार, कार्तिक ११, २०७९ मा प्रकाशित

काठमाडौं,कात्तिक ११ / नेपाली कांग्रेसले शनिबारमात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण दुई पटकसम्म पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि तय गरिएको थियो । तर, आजको कार्यक्रम पनि शनिबार बिहानका लागि सारिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नेछन् । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलगायतका विषलाई प्राथमिकतामा राखेर कांग्रेसले घोषणापत्र तयार गरेको छ । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर