प्रतिनिधि सभाका सदस्यका प्रतिस्पर्धी एमालेका लक्ष्मण ज्ञवालीले गुलरियामा रहेको घर दश बर्ष अघि बेचेर पुनः टुरिष्ट बनेर उम्मेदवार बनेपछि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार संजय गौतमलाई रैथाने नेताको उपनाम दिएर गरिएको प्रचार प्रसारले निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यका प्रत्यासी गौतमसंगै गठबन्धनका उम्मेदवारको जित हुने आँकलनसंग विस्तारै चुनावी सरगर्मी बढ्दै गएको छ ।
बर्दिया, कात्तिक १३ /चुनावी सरगर्मीसँगै बाम लोकतान्त्रिक गठबन्धनको चर्चा छ । चुनावमा उत्रिएका पाँच दलको साझा गठबन्धनका उम्मेदवार बन्ने केन्द्रको निर्णय जिल्लामा भताभुङ्ग भएको छ । निर्वाचन क्षेत्र १ (ख) बाट स्वतन्त्र र एकिकृत समाजबादीका तर्फबाट चुनावी मैदानमा उत्रिदा गठबन्धनलाई सकस देखिन्छ । एकिकृत समाजवादीबाट उम्मदवार बनेका पूर्व कर्मचारी बखत खड्का पार्टीको निर्देशन विपरीत चुनावमा होमिएका छन् ।
जिल्लाको सदरमुकाम गुलरियाका स्थायी बसोबास रहेका सुवास पोख्रेल ३४ वर्ष अघि देखि काँग्रेसमा आबद्धता रहेर काम गरेको दावी प्रस्तुत गरिरहँदा गठबन्धनका भोटरले मत कसलाई खसाल्ने हुन भन्ने अन्यौलता देखिन्छ ।
स्वतन्त्रबाट बल्ब छापका लिएर मत माग्न हिडिरहेका पोख्रेल मनोनयन दर्ता अघि गठबन्धनका साझा उम्मेदवार संजय गौतमका निकट व्यक्ति हुन् । नेपाली काँग्रेसको पार्टीको चुनावमा उप–सभापतिमा चुनाव लडेका पोखरेल गुटको चपेटामा पर्दा हार व्यहोरदा घाईते बाघ जस्तै गरी चुनावी मैदानमा प्रचार प्रसार सुरु गरेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गौतमसँगको निकटता रहँदा रहदै एकाएक स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रदा गठबन्धनका नेतृत्व चिन्तित देखिन्छन् ।
गुलरिया नगरपालिका–७ मा स्थायी बसोबास रहेका पोखरेल पढेलेखेका स्पष्ट वक्ता भनेर चिनिन्छन् । नेपाली काँग्रेसका पार्टी पंक्तिको विचमा एउटा टुकुडीसँग आत्मिय सम्बन्ध रहेको कारण उनी चुनावी जित निकाल्नु सक्छु कि भन्ने आत्मविश्वास बढेको देखिन्छ । देश भरमै ठूला पार्टीसँगको असन्तुष्टी चुलिएको बेला स्वतन्त्र सक्षम उम्मेदवार भएको दाबी पोखरेल गर्छन् । तर,समाजमा रहेका विचारमा बाँधिएका झुण्ड विच उनको सोचाई विपरीत मत खस्ने आँकलन छ । उता,साझा गठबन्धनबाट बारबर्दियाकि पूर्व उपमेयर अन्जु दहित चुनावी मैदानमा छन् । थारु बाहुल्य रहेको क्षेत्रमा महिला उम्मेदवार काँग्रेसका कार्यकर्ता माझ लोकप्रियता छ । गठबन्धन जित्ने आँकलन हुदा हुदै पनि थारु अघि स्वतन्त्र उम्मेदवार पोखरेल कडा प्रतिद्धन्दिको रुपमा अघि बढेका छन् ।
एकिकृत समाजवादीका उम्मेदवार खड्का कर्मचारी जिम्मेवारीको झन्झटबाट मुक्त भएर राजनितिक मार्फत सेवा गर्ने तप्पर रहेको भन्दै प्रचार प्रसार गरिरहेका छन् । तर,खड्काले भोट तान्न सक्लान वा नसक्लान साझा गठबन्धनको मर्म विपरीत हिड्दा गठबन्धन माथि विश्वास टुट्न सक्ने मतदाता आँकलन गर्छन् ।
साझा गठबन्धनका उम्मेदवार संजय विकास ब्रान्डले स्थापित भएका नेता मध्यमा पर्छन् । अघिल्लो चुनावमा तत्कालिन उपाध्यक्ष बामदेव गौतमलाई हराउँन सफल भएका उनी ओझेलमा परेको बर्दियामा विकास ब्रान्डले स्थापित नेपाली काँग्रेसका संजय अघि बामदेव कमजोर सावित भए । संजय सिचाई मन्त्री हुँदा बबई, भादा र औरहि नदी नियन्त्रण तथा व्यबस्थापन आयोजना स्थापना गर्न सफल हुदा एमालेका बामदेवले बर्षोसम्म बबई सिचाई आयोजना निति ल्याएको भजाउँदा र आकासे योजना ल्याएको मतदाताले बुझे पछि मतदाता आक्रोषित हुँदा हार व्योहेरेको स्थानीय स्मरण गर्छन् ।
चिल्लो र चिप्लो कुरा गर्न खप्पिस मानिने संजय पनि गुलरिया सुरक्षित गर्न तटबन्ध निर्माण र कार्यालय स्थापना श्रयले अहिलेको चुनावसम्म उनको ओझ अझै छ । तर वितेका चार बर्षमा सजयले काम नगरेको आरोप छ ।
एमालेबाट प्रतिनिधि सभाका प्रत्यासी ज्ञवाली बामदेवका आफन्त पर्छन । ज्ञवालीले पार्टी पंक्तिमा राम्रो मानिएपनि उदाहरणिय काम गरेको चर्चा गर्ने कमै भेटिन्छन् । कर्मचारीको सरुवा र बढुवा गर्ने कहिले काहि पार्टीको कार्यक्रममा सरिक हुँदा जिल्लामा कम भेटिने नेता भएको मतदाताले बुझेका छन् । टुरिष्ट नेता भनेर चिनिएका उनले बारबर्दिया नगरपालिकाको बनियाभारमा घर जग्गा रहेको बताउँछन् ।
तर, आफ्नै निर्वाचन क्षेत्र सदरमुकाम गुलरियामा रहेको घर दश बर्ष अघि बेचेर बसाई सरेपछि गुलरियामा ज्ञवालीको लोकप्रियता घटेको छ । निर्वाचन क्षेत्र १ (क) साझा गठबन्धनका पूर्व प्रदेशका भुवनेश्वर थारु र एमालेबाट पुर्व बासगढी नगरपालिका नगर प्रमुख शालिकराम अघिकारी विच कडा प्रतिस्पर्धा छ । थारु उन्मुक्ति पार्टी चुनाव लडेका पूर्व पत्रकार ठाकुरसिंह थारुले र प्रदेश सभा सदस्यले थारु समुदायको भावनात्मक भोट तान्दा साझा गठबन्धनका उम्मेदवार थारुलाई घाटा भएर एमालेका पुर्व नगर प्रमुख अधिकारी निस्कन सक्ने एमाले कार्यकर्ता दाबी गर्छन । तर, आधा भन्दा बढि मतान्तर फरक भएकाले गठबन्धनका साझा उम्मेदवार जित निस्कन सक्ने एक पक्षिय आकलन गर्छन । निर्वाचन क्षेत्र नं १ टोटल मतदाता १ लाख ७ हजार छ ।