बर्दिया, कात्तिक १५ (फरकसमाचार) / गुलरियाका ब्रतालुले उदाउँदो सुर्यलाई अर्घ दिई छठ पर्वको समापन गरेका छन् । गुलरिया नगरपालिका–८ भादा घाट र वडा नम्बर ३ स्थित सर्जु नदीमा पुजापाठ गरी सुर्यलाई अर्घ दिई सोमबार बिहान छठ पर्वको समापन गरेका हुन् । सोमबार बिहानै सुर्यलाई अर्घ दिन भादा र सर्जु नदीको किनारमा निर्माण गरिएको छठ घाटमा ब्रतालुहरुको भिडभाड थियो । सुर्यलाई अर्घ दिन ब्रतालुहरु सकारैबाट भादा र सर्जु नदीको किनारमा निर्माण गरिएको छठ घाटमा पानीमा पसेका थिए । पानीमा पसेका ब्रतालुहरु उदाउँदो सुर्यलाई अर्घ दिएका थिए ।
भादा र सर्जु नदीमा निर्माण गरिएको छठ घाटमा रातभरी ब्रतालुहरुको चहल पहल थियो । नदीको किनारमा निर्माण गरिएको छठ घाटलाई झिलिमिलिले सजाईएको थियो । सर्जु नदीको किनारमा रहेको छठ घाटमा भोजपुरी कलाकारद्वारा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । आइतबार राति र सोमबार बिहान भोजपुरी कलाकारद्वारा भजन क्रितन गरिएको थियो ।
ब्रतालुहरुले आफ्नो श्रीमान र सन्तानको भलो हुने उदेश्यले गर्दै आएको छठ ब्रतलाइ सोमबार बिहानीको उदाउँदो सुर्यलाई विभिन्न किसिमका फलफुल सहितका विभिन्न परिकारले बनाइएको प्रसादले अर्घ दिएर ब्रतलाई समापन गरेका थिए ।
हिन्दू धर्म संस्कृति अनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइने गरिएको छ । छठ पर्वका अवसरमा सोमवार पानीमा पसेर व्रतालुहरुले अस्ताउँदो सूर्यको आराधना गरी अर्घ दिएका थिए । यस क्रममा व्रतालुले सिन्दूर लगाएर सूर्यलाई अर्पण गर्ने गरिन्छ । छठका अवसरमा चढाइएका प्रसाद समेत बितरण गर्नें गरिन्छ । छठमा उपबास बसी पुजाआजा गर्नाले सुख संबृद्धिका साथै रोग ब्याधी समेत निको हुने भक्तजनहरुको बिश्वास छ ।