कात्तिक १५ / नेकपा एमालेका" />
एमालेले घोषणापत्रका २० ग्यारेन्टीको भुक्तानी दिन्छ : ओली
मङ्गलबार, कार्तिक १५, २०७९ मा प्रकाशित

काठमाडौं, कात्तिक १५ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले घोषणापत्र उल्लेख गरेका २० ग्यारेन्टीको भुक्तानी माग्न सकिने बताएका छन् । सोमबार बैंकर अनिल केसरी शाहसँगको लाइभ डिवेटमा ओलीले  भने, ‘एमालेको घोषणापत्र बरफको डल्लो होइन । जो कि बिलाएर जाने । यो एउटा नोट हो । यसमा २० ग्यारेन्टी राखिएको छ । यसको ग्यारेन्टी एमाले हो । हामी हो । त्यो ग्यारेन्टी भुक्तानी गर्न  मिल्छ ।’

एमालेले पैसा जस्तै ग्यारेन्टी भएको घोषणापत्र ल्याएको ओलीले दाबी गरे । ‘नोट च्यातिँदा बैंक ग्यारेन्टी हुन्छ । त्यो कागज होइन । पैसाको ग्यारेन्टी राष्ट्र बैँकले लिन्छ । नोट छापेर गभर्नरले हस्ताक्षर गरेको हुन्छ । हाम्रो घोषणापत्रमा पनि हस्ताक्षर गरिएको छ । हामीले त्यो ग्यारेन्टी गरेका छौं ।’

यसको भुक्तानी जनताले आफूहरूसँग माग्न सक्ने उनले बताए । ‘हामी उत्तरदायी भएर यसको भुक्तानी गर्न तयार छौँ । हाम्रो वचन एक्सनका लागि हो,’ ओली भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय