मञ्च बनाउँदा लागेको खर्च पनि उम्मेदवारले बुझाउनुपर्छ : प्रमुख आयुक्त थपलिया
बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित

काठमाडौं, कात्तिक १६ / निर्वाचन आयोगले आफ्नो चुनाव क्षेत्रमा सभा आयोजना गर्दा मञ्च बनाउँदा लागेको खर्च विवरण पेश गर्न उम्मेदवारलाई निर्देशन दिएको छ ।

आफ्नो चुनाव क्षेत्रमा भएको आमसभा वा कोणसभाका लागि मञ्च बनाउँदा लागेको खर्च चुनाव सकिएको १५ दिनभित्र पेश गर्न उम्मेदवारहरुलाई निर्देशन दिएको प्रमुख आयुक्त दिनेश थपलियाले बताए ।

उनले संघीय र प्रदेश सरकारका मन्त्रीले चुनाव प्रचार प्रसारमा जाँदा अनुमति लिनुपर्ने बताए । अनुमति लिएर चुनाव प्रचारमा गएकाहरुले सरकारी स्रोत साधन प्रयोग गरेको वा नगरेको निगरानी गर्ने पनि प्रमुख आयुक्त थपलियाले बताए । अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय