जबरजस्ती करणी तथा चोरी कसुरका दुई फरार पक्राउ
बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित

बर्दिया, कात्तिक १७ (फरकसमाचार) / जबरजस्ती करणी तथा चोरी कसुरमा फरार रहेका दुई कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । अदालतले जबरजस्ती करणी तथा चोरी मुद्दामा कैद सजाय तोके देखि दुवै जना फरार रहेका थिए । ०७५ साल असार १३ गते जबरजस्ती करणी, अपहरण तथा शरिर बन्धक मुद्दामा बारबर्दिया नगरपालिका–६ प्रेमलाल थारुलाई अदालतले २ महिना कैद सजाय तोकेको थियो । अदालतले सजाय तोके देखि थारु फरार रहेका थिए । उनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।

त्यसैगरी अर्का फरार बारबर्दिया नगरपालिका–२ का योगेन्द्र ज्ञवालीलाई प्रहरीले मंगलबार नियन्त्रण लिएको छ । ०७८ साल मंसिर १ गते नकबजनी चोरी मुद्दामा अदालतले ज्ञवालीलाई २ वर्ष ९ महिना २ दिन कैद सजाय र रु ३० हजार जरिवाना तथा जबरजस्ती चोरी उद्योग मुद्दामा १ वर्ष ३ महिना २ दिन कैद सजाय र रु १५ हजार जरिवाना तोकेको थियो ।

अदालतले सजाय तथा जरिवाना तोके देखि दुवै जना फरार रहेका थिए । ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरी टोलीले लुकिछिपी आफ्नै घरमा बसेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई अदालतमा उपस्थित गराई कैद सजाय भुक्तान गर्न कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर