सहकारीका प्रबन्धक महतो सम्पर्क बिहिन भएपछि …
शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित

बर्दिया, कात्तिक १८ (फरकसमाचार) / नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक संजिव महतो सम्पर्क बिहिन भएपछि बचत कर्तामा खैलाबैला मच्चिएको छ । प्रबन्धक बिना सुचना सम्पर्क बिहिन भएपछि बचत कर्ता आतंकित भएका छन् । बिना सुचना प्रबन्धक एकाएक सम्पर्क बिहिन भएपछि आर्थिक कारोबारमा घोटाला गरेको स्रोतको दावी छ । प्रबन्धक महतोले आर्थिक कारोबारमा हिनामिना गरेरै सम्पर्क बिहिन भएको अधिकांश बचत कर्ताको आरोप छ ।

प्रबन्धक सम्पर्कमा नआउँदा सहकारीका शेयर सदस्यसहित बचत कर्ता मर्कामा परेका छन् । प्रबन्धक सम्पर्क बिहिन भएपछि आर्थिक कारोबार सबै ठप्प भएको छ । प्रबन्धक सम्पर्क बिहिन भएको खबर पाउँदा बचत कर्ता गुलरिया सहकारीको कार्यालयमा पुग्ने गरेका छन् । दुई दिन देखि सहकारी कार्यालय आगाडि बचत कर्ताको भिडभाड बढेको छ । आक्रोसित बचत कर्ता बिहीबार सहकारी कार्यालय आगाडि पुग्दा जिप्रका चोक अस्तव्यस्त भयो । आक्रोसित बचत कर्ताको भिड नियन्त्रण तथा सहकारीका कर्मचारीको सुरक्षा गर्न प्रहरीलाई हम्मेहम्मे प¥र्यो । आक्रोसित बचत कर्ताले प्रहरी प्रशासनको सहयोगमा कानुनी प्रक्रिया अघि बढाएका छन् ।

प्रबन्धक महतो औषधी उपचार गर्न बाहिर गएको सहकारीका कर्मचारीहरुको भनाई छ । प्रबन्धक महतोको मोबाईल बिगत केही दिन देखि नै अफ छ । कुनै माध्यमबाट प्रबन्धक सम्पर्कमा नआएपछि सहकारीका बचत कर्ता तथा शेयर सदस्यमा चिन्ता बढेको छ ।

सहकारी संचालक समितिका सबै सदस्यहरु स्थानीय हुन् । संचालक समिति प्रशासनको समन्वयमा छ । संचालक समितिका सबै सदस्याहरुको धनसम्पत्ति यहि छ । बचत कर्तालाई नअत्तिन प्रशासनले आग्रह गरेको छ ।

सहकारीका प्रबन्धक बिना जानकारी गायब हुनको कुनै रहस्य रहेको व्यवसायी जय यादवले बताए । ‘विश्वास गरेर सहकारीमा दैनिक बचत गरे’ व्यवसायी यादवले भने,‘साहुलाई तिर्ने चेक नसाटिएपछि धेरै तनावमा छु ।’ सहकारीमा धेरै रकम बचत गर्ने बचत कर्ताको निन्द्रा बिथोलिएको छ । सहकारीबाट रकम फिर्ता गराईदिन बचत कर्ताले प्रशासनलाई गुहारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय