बर्दिया अदालतको गाडी र स्कुटर ठोकिदाँ एक घाईते
आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित

बर्दिया, कात्तिक २० (फरकसमाचार) / जिल्ला अदालतको गाडीमा स्कुटर ठोकिदाँ स्कुटर चालक सामान्य घाईते भएका छन् ।

गुलरिया नगरपालिका–६ निर्वाचन कार्यालयको दक्षिण पट्टिको चोकमा आइतबार बिहान करिब ११ः३० बजेको समयमा दुर्घटना हुँदा स्कुटर चालक श्रावण सामान्य घाईते भएका हुन् ।

घाईते श्रावणलाई उपचारको लागि अस्पताल लगिएको छ । गाडीमा सवार कसैलाई चोट पटक लागेको छैन । निर्वाचन कार्यालय तर्फबाट आउँदै गरेको जिल्ला अदालतको बा १ झ ८५४० नम्बरको कार र बगलामुखी मंन्दिरतर्फबाट आएको भे ६ प ९३९२ नंम्बरको स्कुटर एक आपसमा ठोकिएका छन् ।

अदालतको गाडीको आगाडिको भाग फुटेको छ भने स्कुटलकोे आगाडिको चक्का बाङ्गिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर