बर्दिया,कात्तिक २१ (फरकसमाचार) / छ वर्षपछि ज्यान मार्ने उद्योग र कुटपिटका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१ का रुपलाल देवकोटालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालतले ०७३ साल असोज ६ गते ज्यान मार्ने उद्योग र कुटपिट मुद्दामा १ वर्ष ११ महिना ४ दिन कैद र रु १ लाख जरिवाना तोकेको थियो । अदालतले सजाय र जारिवाना तोकेको दिन देखि देवकोटा फरार रहेका थिए ।
देवकोटा आफ्नै घर वतनमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले शुक्रबार नियन्त्रणमा लिई आइतबार अदालतमा उपस्थित गराई कैद सजाय भुक्तान गर्न कारागार पठाईएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।