नेकपा एकता राष्ट्रिय अभियानले एमालेका उम्मेदवारलाई सहयोग गर्ने
मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित

बर्दिया, कात्तिक २२ (फरकसमाचार) / नेकपा एकता राष्ट्रिय अभियानले एमालेका उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गुलरिया नगरपालिका–६ हुलाक चोक स्थित नेकपा एकता राष्ट्रिय अभियानको सम्पर्क कार्यालय उद्घाटनमा सो कुरा जनाईएको हो । आगामी मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा हाम्रो पार्टी विभिन्न कारणले सामेल हुन असमर्थ रहेको जनाउँदै नेकपा एमालेका उम्मेदवारलाई सहयोग गर्ने नेकपा एकता राष्ट्रिय अभियानकी केन्द्रिय सदस्य ज्ञानुमाया रिजालले प्रतिबद्धता जनाईन् ।

नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमको मार्ग दर्शन तथा तत्कालीन परिस्थितिमा निर्वाचन बहिष्कार गर्नु हन्न र सिद्धान्त विहिन पार्टीका नाममा मतदान गर्न पनि खुलेर समर्थन गर्ने अवस्था नरहेको ठानेको विज्ञप्तीमा उल्लेख छ । संस्थागत रुपमा नभए पनि व्यक्तिगत रुपमा भएपनि जिल्लाको निर्वाचनमा भाग लिएर आफ्नो कर्तव्य पुरा गर्नु अनुरोध गरिएको छ ।

एकता अभियान जिल्ला कमिटिको र हाम्रो पार्टी प्रति सकारात्मक विचार राख्नेहरुको बिच भएको निर्णयपछि नेपालको संविधान २०७२ को मान्यता, मुल मर्म र समाजवाद तिर लम्केको राष्ट्र, राष्ट्रियताको सुद्धढीकरण तथा संविधानलाई बलियो बनाई बृहत वामपंथि एंवम कम्युनिष्ट एकताको पुनजागरण सकारात्मक दृष्टिकोणको भावना राख्ने प्रतिबद्धता जनाउने नजिकका एमालेका उम्मेदवारलाई मत दिएर आफ्नो क्षेत्रबाट सक्रिय समर्थन गर्ने विज्ञप्तीमा उल्लेख छ । साथै पार्टीका स्थानिय अगुवा, स्थानीय नेता कार्यकर्तालाई उम्मेदवारबाट व्यक्तिगत स्वार्थ गर्ने वा कुनै लेनदेनको कार्य गर्न नहुने तथा उम्मेदवारको भोज भतेरमा सहभागी नहुन विज्ञप्तीमा खुलाईएको छ ।

नेकपा राष्ट्रिय एकता अभियानका जिल्ला अध्यक्ष देवराज क्षेत्री र जिल्ला इनचार्ज कुमारी तोफा यावदले हस्ताक्षर गरिएको विज्ञप्ती जारी गरिएको छ ।
नेकपा राष्ट्रिय अभियाले हामीलाई सहयोग गर्ने काम स्वागत योग्य रहेको नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लक्ष्मण ज्ञवालीले बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर