अदालतको शौचालय भत्काएर भागेका हत्या आरोपी पक्राउ
मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित

बर्दिया, कात्तिक २२ / जिल्ला अदालत बर्दियामा बयान गर्न लैजाने क्रममा फरार भएका कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका– ८ बस्ने अजिब बुढाक्षेत्रिलाई ७ बर्ष पछि प्रहरीले पक्राउ गरेको हो । ठाकुरबाबा ८ बस्ने ६९ बर्षिय जोरे थापालाई गडसा प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले क्षेत्रिलाई ७ बर्ष अघि पक्राउँ गरेपनि अदालतमा शौचालय जाने भन्दै ओरोपित क्षेत्रि झुक्काएर फरार भएका थिए ।

०७२ साल चैत ५ गते राती घरमा सुतिरहेका थापालाई गडसा प्रहार गर्दा घटनास्थलमा ज्यान गएपछि प्रहरीले पक्राउ गरी अनुसन्धानको क्रममा रहेका क्षेत्रि प्रहरीको हिरासतमा रहेको २५ औं दिनमा अदालतको शौचालयको भेन्टिलेशन भत्काएर फरार क्षेत्रिलाई प्रहरीले खोजतलास तिब्र पारेपनि पक्राउ गर्न प्रहरी असफल भएको थियो ।

तत्कालिन प्रहरी उपरीक्षक भोजजंग शाहको नेतृत्वमा रहेको प्रहरीले खोजी गर्दा भारतीय जंगल प्रयोग गरी भाग्न सफल भएपछि लामो समय भारतका बिभिन्न शहरमा बस्दै आएका थिए । प्रहरीको लापरबाहीका कारण कर्तव्य ज्यान मुद्दाका आरोपित क्षेत्रि फरार भएपछि एक वर्ष कार्यकाल रहेको प्रहरी उपरीक्षक शाहको समय नपुग्दै गृह मन्त्रालय सरुवा गरेको थियो ।

फरार अपराधी पक्राउँ गर्ने रणनितिक योजना अख्तियार गरेर प्रहरी परिचालन गरेपछि लुकिछिपि घर आएको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाहीले जानकारी दिए । क्षेत्रिलाई पक्राउँ गर्न सफल भएपछि सुरक्षित महसुस गरेको स्थानीयले प्रतिक्रिया दिएका छन् । ‘कुख्यात अपराधी प्रहरीको नियन्त्रणबाट फरार हुँदा संशकित भएका थियौ’उनले भने,‘प्रहरीले पक्राउँ गर्न सफल भएपछि सुरक्षित महशुस भएको छ ।’ पछिल्लो समय दुई दर्जन फरार अभियुक्तलाई पक्राउँ गर्न प्रहरी सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालयले रणनितिक योजना अख्तियार गरेर प्रहरी परिचालन गरेपछि अपराध नियन्त्रणका लागि उदाहरणिय काम गर्न प्रहरीको टिम सफल भएको प्रहरी प्रमुख शाहीले बताए । ‘भारतीय सीमा क्षेत्र र निकुन्ज जोडिएका जंगलका कारण हुने अपराध रोक्न योजना अनुरुप प्रहरी परिचालन गरिएको छ’प्रहरी प्रमुख शाहीले भने,‘स्वीप, एम्बुस र स्वीपिङ जस्ता अप्रेशनले शान्ती सुरक्षामा यतिबेला प्रहरी अब्बल मानिएको छ ।’

भारतीय सीमा क्षेत्र र संरक्षित वन जस्ता प्राकृतिक सम्पदालाई गलत फाईदा उठाउँने गिरोह निस्तेज पार्न प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख शाहीले दाबी गरे । ०७३ साल पौष २४ गते जिल्ला अदालतले गरेको आदेशले कर्तव्य ज्यान मुद्दामा क्षेत्रिलाई १९ बर्ष ११ महिना ६ दिन कैद र थुनुवा भागे भगाएको मुद्दा समेतमा गरी ३० बर्ष कैद सजाय तोकिएको छ । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय