बर्दिया, कात्तिक २५ (फरकसमाचार) / मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गरी मतदाता शिक्षा संचालन गरिएको छ । संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा थारु महिला उत्थान केन्द्र बर्दियाको साझेदारीमा मतदाता शिक्षा संचालन गरिएको हो ।
आगामी निर्वाचनमा एक व्यक्तिले चार ठाउँमा मतदान गर्नु पर्ने छ । एक जनाले चार ठाउँमा मतदान गर्दा मत बदर हुने सम्भावनालाई काम गर्ने उदेश्यले मतदाता शिक्षा संचालन गरिएको थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले बताईन् ।
उनको अनुसार लुम्बिनी प्रदेशको १२ वटै जिल्लामा गत असोजबाट मतदाता शिक्षा सुरु भएको छ । दाङमा ४ जना र बाँकी जिल्लामा २ जनाका दरले २६ जना सहजकर्ताले समुदायमा सहजीकरण गरिरहेका छन् । १२ वटै जिल्लाका १३ हजार मतदातालाई मतदाता शिक्षा दिने लक्ष्य रहेको थारु महिला उत्थान केन्दकी अध्यक्ष लिलावती थारुले जानकारी दिईन् ।