मंसिर १/ नेत्रविक्रम चन्द " />
विप्लवले समूहले भन्यो– बम विस्फोटमा हाम्रो पार्टीको संलग्नता छैन
बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित

काठमाडौं, मंसिर १/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशका विभिन्न ठाउँमा भइरहेको बम विस्फोटमा पार्टीको संलग्नता नभएको बताएको छ । पार्टी कार्यालय सचिव चिरञ्जीवी ढकालले कुरा गर्दै चुनाव बहिष्कारका नाममा बम फिस्फोटमा पार्टी नेता कार्यकर्ता कुनै सहभागी नभएको स्पष्ट पारेका हुन् ।

‘अहिले बम विस्फोटका विषयमा पार्टीले आधिकारिक धारणा बनाएको छैन । बम विस्फोटमा पार्टीका कुनै नेता कार्यकर्ताको संलग्नता छैन । बरु जनताले चुनाव बहिष्कार गरेको हुनसक्छ । ’  कुरा गर्दै ढकालले भने– ‘अहिले सत्ता गठबन्धन र विपक्षबीच द्धन्द्ध चलिराखेको छ । उहाँहरूबीच ढुंगा मुढा गर्ने गाडीमा तोडफोड गर्ने चलिराख्या छ ।  पार्टीको स्पष्ट नीति छ । शान्तिपूर्ण ढंगले जनताको सहभागितामा बहिष्कारका कार्यक्रम सञ्चालन गर्ने भन्नेछ ।’

पार्टीको नीति भन्दा बाहिर गएर कुनै गतिविधि नगर्न निर्देशन दिइसकेको ढकालले बताए । ‘अहिले हाम्रो अभियान शान्तिपूर्ण र जन समुदायलाई कन्भिन्स गरेर घरदैलो मार्फत भोट नहाल्न अपिल गर्ने मात्रै हो । त्यो हामीले शान्तिपूर्ण रुपमा जनताको घरमा गएर आह्वान गरी रहेका छौं । अरू आमसभा मार्फत पनि भोट नहाल्न अपिल गरी रहेका छौ’ ढकालले भने । तर, नेपाल प्रहरीले भने भोजपुर, दोलखा र बाँकेको नेपालगन्जमा भएको बम विस्फोटमा विप्लव समूहको संलग्नता भएको हुनसक्ने आकलन गरेको छ ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय