भारतिय माछा रोक्न माछापालक किसान सक्रिय
शुक्रबार, मङि्सर ०२, २०७९ मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया, मंसिर २ / भारतिय माछा नेपाल भित्रिन नदिन बढैयातालका माछापालक किसान सक्रिय बन्दै गएका छन् । सजिलै भारतिय बजारका माछा नेपाल भित्रिन थालेपछि माछापालक किसान सक्रिय हुन थालेका हुन् । भारतिय बजारबाट अबैध रुपमा भित्रिने माछाले बढैयातालका माछापालक किसान प्रत्यक्ष मर्कामा परेका छन् । भारतिय बजारका माछा रोक्न बढैयातालका माछापालक किसानले चासो देखाएका छन् ।

भारतिय माछाका कारण आफ्नो माछापालन ब्यावसाय धरापमा परेको भन्दै बढैयाताल गाउँपालिका भित्रका माछापालक किसानहरू एकजुट भई प्रहरी प्रशासनको ध्यानाकर्षण गराउदा समेत सम्बन्धित निकायले चासो नदिएपछि आफुहरु बाध्य भई अबैध माछा नियन्त्रणमा लिन किसानहरू आफै सक्रिय हुन थालेका छन् ।

माछापालक किसानले बिहीबार बिहान ८ बजे भारतीय बजारबाट बढैयाताल गाउँपालिका–८ कण्ठपुर हुदै भे १ प ८५१३ नंम्बरको मोटर साइकलमा लोड गरि नेपाल तर्फ ल्याउदै गरेको ८० किलोग्राम भारतीय बैखा जातको माछा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । माछा ओसारपसार कार्यमा संलग्न रहेका व्यक्ति भागेका थिए । बरामद अबैध माछा अस्थायी प्रहरी चौकि सितलाबजारमा किसानहरूको रोहवरमा नष्ट गरिएको छ ।

माछा ओसार्न प्रयोग गरिएको मोटरसाइकल आवश्यक कारवाहीको लागि छोटी भन्सार कार्यालय गुलरिया पठाईएको बढैयातालका माछापालक किसान शिव प्रसाद आचार्यले जानकारी दिए ।

यस भन्दा अगाडि पनि पटक पटक भारतको बलैगाउ, लौकाहि नाका हुँदै नेपाल तर्फ ल्याउदै गरेका अबैध भारतीय माछा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाई नष्ट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर