घर बनाउने झुठो आश्वासन देखाई दुई लाख ठग्ने पक्राउ
शुक्रबार, मङि्सर ०२, २०७९ मा प्रकाशित

बर्दिया,मंसिर २ (फरकसमाचार) / घर बनाईदिने झुठो आश्वासन देखाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मधुवन नगरपालिका–५ गाउँ नंम्बर ११ का ३६ वर्षिय धर्मराज उपाध्यायलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उपाध्यायले बारबर्दिया नगरपालिका–२ जोगी गाउँमा गई उक्त ठाउँमा सडकको काम गरिरहेका तिन व्यक्तिलाई ठगेका थिए । म सडक बिगाभको हाकिम हो, तिमीहरुको समस्या के छ भनी झुठो आश्वासन देखाएर ५० प्रतिशत लगानीमा घर बनाईदिन्छु भनि रु दुई लाख ठगेका थिए ।

पक्राउ परेका उपाध्यायले गत कात्तिक ३ गते बारबर्दिया नगरपालिका–२ जोगीगाउँकी सिता थारु, चिजन सिंह र वडा नंम्बर ३ रामपुरकी रुकमणी थारुबाट रु दुई लाख असुलेका थिए । झुठो आश्वासन देखाई ठगेको बुझेपछि तिनै जना पिडितले बुधबार ईलाका प्रहरी कार्यालय ढोढरीमा जाहेरी दिएका थिए ।

जाहेरी दिए लगत्तै प्रहरीले खोजतलास गरी उपाध्यायलाई नियन्त्रणमा लिई ठगी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ढोढरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय