बर्दियामा बम विस्फोटपछि स्थगित भएको मतदान पुनः सुरु
आइतबार, मङि्सर ०४, २०७९ मा प्रकाशित

बर्दिया, मंसिर ४ (फरकसमाचार) / गुलरिया नगरपालिका–१ खैरापुरको शम्भुशरण माध्यमिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ । मतदान केन्द्र नजिक बम विस्फोट भएपछि एक घण्टा मतदान कार्य स्थगित गरिएको थियो ।

बम विस्फोट भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु घटना स्थलमा पुगेका थिए । नेपाली सेनाले मतदान केन्द्रको जाँच गरेपछि र सर्वदलिय बैठकपछि मतदान सुरु गरिएको हो । शम्भुशरण मावि विद्यालयको पश्चिम तर्फ पर्खाल बाहिर बम विस्फोट भएपछि मतदाता त्रसित भएका थिए । बम विस्फोटले कुनै क्षति भएको छैन ।

मतदान केन्द्र बाहिर बम विस्फोट भएपछि रोकिएको मतदान सुचारु भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।
गुलरिया नगरपालिकाको खैरापुर, राजापुरको धोविनपुर, ठाकुरबाबाको अम्रेनी र बढैयाताल गाउँपालिकाको मैनापोखरमा प्रेसर कुकरभित्र शंकास्पद वस्तु भेटिएको र सबै डिस्पोज भइसकेको उनले बताए ।

बर्दियाका अन्य मतदान स्थलमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय