बर्दिया क्षेत्र नंम्बर १ मा रुख र क्षेत्र नंम्बर २ मा चापाकल अघि
बुधबार, मङि्सर ०७, २०७९ मा प्रकाशित

बर्दिया, मंसिर ७ (फरकसमाचार) / बर्दिया निर्वाचन क्षेत्र नंम्बर १ मा ढकियालाई पछि पार्दै रुखले अग्रता लिएको छ । मंगलबार दिनभरी ढकिया अघि रहेपनि रातिबाट रुखले ढकियालाई पछि पार्दै अग्रता लिएको हो ।

बुधबार बिहान ७ बजेसम्म रुख १३ हजार ७ सय २८, ढकिया १३ हजार ४ सय ९२ र सुर्य ११ हजार ५ सय २९ रहेको जानकारी प्राप्त भएको छ । यसरी गठबन्धन तर्फबाट प्रतिनिधि सभा सदस्य नेपाली काँग्रेसका उम्मेदवार संजय कुमार गौतमले २ सय ३६ मतले नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुर सिंह थारुलाई पछि पारेका छन् । बुधबार बिहान ७ बजेसम्म क्षेत्र नंम्बर १ मा ४८ हजार ९७ मतगणना भएको जनाईएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नंम्बर २ मा चापाकल सुरु देखिनै अघि छ । बुधबार बिहान ७ बजेसम्म चापाकलले ४ हजार ४ सय २४ मतले गोलाकारभित्र हाँसिया हथौडा पछि पारेको छ ।

स्वतन्त्र उम्मेदवार लालबिर चौधरीले १५ हजार ८ सय १२, माओवादी केन्द्रका सुरेश पन्थले २१ हजार ३ सय ८८ र एमालेका पंकज सिंह राठौरले १३ हजार ८२ मत पाएका छन् । मतगणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय