बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालबिर चौधरी विजयी
बुधबार, मङि्सर ०७, २०७९ मा प्रकाशित

बर्दिया, मंसिर ७ (फरकसमाचार) / निर्वाचन क्षेत्र नंम्बर २ मा स्वतन्त्र उम्मेदवार लालबिर चौधरी विजयी भएका छन् । निर्वाचन क्षेत्र नंम्बर २ मा प्रतिनिधि सभा सदस्यका आठ जना उम्मेदवार रहेका थिए । चौधरीले सात जनालाई पछि पार्दै विजयी भएका हुन् । स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका चौधरी नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीका बुवा हुन् ।

चौधरी १ सय ३६ मतान्तरले विजयी भएका छन् । चौधरीले २६ हजार ५ सय २० प्राप्त गरेका छन् । त्यसैगरी उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरेश पन्थले २६ हजार ३ सय ८४ मत र नेकपा एमालेका पंकज सिंह राठौरले १६ हजार ९० मत पाएका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नंम्बर १ मा मतगणना जारी छ । पछिल्लो मत परिणामले रुख अघि छ । गठबन्धन तर्फ नेपाली काँग्रेसका संजय कुमार गौतम १७ हजार ४ सय ७६, नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारु १५ हजार ४ सय ७६ र नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीले १५ हजार १७ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय