बर्दिया १(क) प्रदेश सभामा भुवनेश्वर चौधरी विजयी
बुधबार, मङि्सर ०७, २०७९ मा प्रकाशित

बर्दिया, मंसिर ७(फरकसमाचार) / निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका भुवनेश्वर चौधरी विजयी भएका छन् ।

नेकपा एमालेका शालिकराम अधिकारीलाई १ सय १९ मतले पछि पार्दै चौधरी विजयी भएका हुन् । चौधरीले १७ हजार २६ र अधिकारीले १६ हजार ९ सय ७ मत पाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका खेमबहादुर थारुले ११ हजार ९ सय १ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर