माओवादीको पत्ता साफ,काँग्रेसको बराबरीमा नागरिक उन्मुक्ती पाटीको जित
शुक्रबार, मङि्सर ०९, २०७९ मा प्रकाशित

जिल्लाको दुई वटा प्रतिनिधि सभामा साझा उम्मेदवार काँग्रेसका गौतम विजयी, प्रदेशमा मिश्रित, नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्य र चार वटा प्रदेश मध्य दुई प्रदेश जित निकाल्न सफल भएको छ ।

बर्दिया, मंसिर ९ (फरकसमाचार)/ अहिलेको बाम लोकतान्त्रिक गठबन्धनको चुनावमा लालकिल्लाको आधार क्षेत्रमा काँग्रेस र नागरीक उन्मुत्ति पाटीले झन्डा फहराएको छ । माओवादीका नेताले थारु नेतालाई उम्मेदवार नबनाएको भन्ने आरोप लगाउँदै पटक पटक चुनाव जितेका थारु नेताले जातीय नारा लगाउँदा र काँग्रेसले द्धन्द्धकालमा काँग्रेस लखट्ने माओवादी भन्दै गठबन्धनका उम्मेदवारलाई भोट नदिने भन्ने मानसिकता हाबी भएको तथ्य देखिएको छ ।

बर्दिया निर्वाचन क्षेत्रमा दुई प्रतिनिधि सभा सदस्य र चार प्रदेश सभा सदस्यका लागि लाल किल्लाको बिल्ला लागे पनि माओवादी र काँग्रेसको अपबित्र गठबन्धनले भएको बिश्लेषण राजनितिकर्मीले गरेका छन् भने कम्यूनिष्ट समाप्त पार्ने खेलमा काँग्रेस र नागरीक उन्मुक्ति पार्टी सफल भएको रिजल्टले पुष्टि गरेको छ ।

दुई वटा प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार सजय गौतमको जित फराकिलो भएको छ भने माओवादी तर्फका सुरेश पन्थ झिनो मतले लाज्यस्पद हार व्यहोरेका छन् । यस्तै गरी माओवादीको बर्दिया निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य सुरेश पन्थ, प्रदेश सभा सदस्यका प्रत्यासी मान बहादुर चौधरी र अन्जु दहित नराम्रो हार व्यहोरेका छन् । २०६४ देखि भएको निर्वाचनमा मतदाताले मतदान गर्दा फरकफरक पार्टी चयन गरेका छन् ।

ईतिहास हेर्दा काँग्रेस, माओवादी, कहिले एमाले चयन गरेको छन् । यति बेला नयाँ पार्टी नागरीक उन्मुक्ति पाटी बर्दियामा स्थापित भएको छ । बर्दियाका मतदाताले नयाँ नागरिक उन्मुक्ति पार्टी तर्फ आर्कषित देखिए । जेल जिवन काटिरहेका रेशम चौधरीले निर्माण गरेको पार्टीले पश्चिम क्षेत्रमा हालै सम्पन्न भएको निर्वाचनमा कायापलट गरेको देख्दा बिश्लेषकनै अचम्भित बनेका छन् । पत्रकारीताको पृष्ठभुमिबाट उदाएको रेशम चौधरीको पार्टी यतिबेला उदयमान भएको छ ।

विकास प्रेमी नेता गौतमको फेरी पनि जित

वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली काँगे्रसका संजय कुमार गौतम विजयी भएका छन् । प्रतिनिधि सभाका सदस्य उम्मेदवारले ३० हजार ६ सय ११ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धि लक्ष्मण ज्ञवालीले २६ हजार १ सय ५५ मत प्राप्त गरेका छन् ।

अधिकांश मतदाताको असन्तुष्टि रहेको बेला गौतमको बिजयीलाई ऐतिहासिक मानिएको छ । गौतमको जितको आधार बबई, भादा, औरहि नदी नियन्त्रण व्यबस्थापन आयोजना कार्यालयको स्थापना, जिल्ला अस्पतालको स्तर उन्नति, नमुना नगरपालिकाका पार्न सफल हुनु जितको आधार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय