कैलालीमा वडाध्यक्षले गरे प्रमुख प्रशासकीय अधिकृतको निवासमा तोडफोड
आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित

कैलाली, मंसिर ११ / घोडाघोडी नगरपालिकामा एक जना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका छन् ।

शनिबार राति मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए । सोही क्रममा आपसमा विवाद हुँदा उनीहरुबीच हात हालाहालसम्मको अवस्था सिर्जना भएको थियो ।

मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबीच विवाद हुँदा वडानम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले लात्ताले प्रहार गरेपछि टेबुल फुटेका छन् ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मण शाहीले घटनाबारे आधिकारीक रुपमा जानकारी प्राप्त नभए पनि नगरपालिकाका प्रशासकीय अधिकृतको निवासमा मदिरा सेवनपछि वादविवाद भएको सुनिएको बताए ।

वादविवादकै क्रममा प्रशासकीय अधिकृतको निवासमा रहेको टेबुलमा वडाध्यक्षले ओझाले लात्ता प्रहार गर्दा फुटेको बुझिए पनि कुनै पक्षले घटनाबारे औपचारिक रुपमा जानकारी नदिएको उनले जनाए ।

प्रहरीकाअनुसार राति अबेरसम्म उनीहरुले सुखड बजारमा रहेको माछा घर रेष्टुरेन्टमा मदिरा सेवन गरेका थिए । त्यहाँबाट निस्केर फेरि उनीहरु प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरकारी निवासमा गएका थिए ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर