कुटपिट गरि श्रीमतिको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित

बर्दिया, मंसिर १३ (फरकसमाचार) / श्रीमतिको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । कुटपिट गरि श्रीमतिको हत्या गरेको आरोपमा आइतबार प्रहरीले एक जनालाई पक्राउ गरेको हो । गुलरिया नगरपालिका–१ गाउँ नंम्बर १६ का ३० वर्षिय बोधराज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटबाट २६ वर्षिय ननकला बस्नेतको मृत्यु भएको छ । बोधराजले आफ्नै श्रीमतिलाई कुटपिट गरि हत्या गरेको आरोप छ ।

प्रत्यक्षदर्शी स्थानीयका अनुसार बोधराजले ननकलालाई कुटपिट गरि गम्भिर घाईते बनाएका थिए । घाईते ननकलालाई उपचारको लागि बर्दिया अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृतक ननकला गर्भवतीसमेत थिईन् । घरायसी विवाद हुँदा श्रीमतिलाई बोधराजले कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ ।

मृतकको माईती पक्षले जाहेरी दिएको डिएसपी हिक्मत बहादुर बोहराले बताए । ‘श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ’ डिएसपी बोहराले भने,‘अनुसन्धानपछि घटनाको वास्तविकता खुल्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय