राजनीतिमा देखापरेका आवेग र असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ : प्रचण्ड
मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित

ललितपुर, मंसिर १३ / पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा देखापरेका आवेग, असन्तुष्टि र निराशालाई सम्बोधन गर्ने ढंगले अघि बढ्ने बताएका छन् । त्यसका लागि गोरखाली जनताको विश्वासको बलमा अघि बढ्ने उनको भनाइ छ ।

गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा मंगलबार बिहान ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘मैले राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टि र निराशालाई पनि सम्बोधन गर्ने ढंगले गोरखाली जनताको विश्वासको बलमा अगाडि बढ्नुपर्छ ।’ सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिने उनले बताए ।

राष्ट्रलाई एकता, समृद्धि र सुशासन तिर लैजाने उपयुक्त थलो गोरखा भएको भन्दै प्रचण्डले भने, ‘त्यहाँका जनताको भरोसा र विश्वासको बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ ।’ उनले आउने ५ वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने र महशुस गर्ने गरी विकासलाई गति दिने आश्वासन समेत दिए ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर