बर्दिया, मंसिर १४ (फरकसमाचार) / लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–८ का गणेश चौधरी र कृष्ण थारुलाई प्रहरीले लागु औषध ब्राउन सुगरसहित आइतबार पक्राउ गरेको हो ।
बढैयाताल गाउँपालिका–७ कर्णालीपुर स्थितबाट दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ३ ग्राम १ सय ९० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला परेको छ ।
लागु औषधको कारोबार भईरहेको सुचनाको आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गर्न सफल भएको छ । ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको संयुक्त प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई लागु औषध मुद्दामा अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।