सरकारमा जाने कुरा राप्रपाको प्राथमिकतामा छैनः लिङ्देन
बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित

झापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले आफ्नो पार्टी सरकारमा जान इच्छुक नरहेको बताएका छन्। बुधबार आफ्नै निर्वाचन क्षेत्रमा तीनवटा पुल शिलान्यास गर्दै अध्यक्ष लिङ्देनले सरकार निर्माणको जिम्मा ठूला दलहरुलाई भएको बताए।

उनले भने, ‘राप्रपा नेपाललाई सरकारमा जान वा कुनै जोड-घटाउमा लाग्न हतार छैन हामी रचनात्मक रुपमा संसदमा प्रस्तुत हुन्छौं।’ उनले निर्वाचन ताका जनताबाट आएका गुनासा सुनेर समाधान गर्न तर्फ आफूहरु अग्रसर रहने बताए।

उनले निर्वाचन आचारसंहिताका कारण रोकिएका जनताका कामहरु पहिलो प्राथमिकतामा रहेकाले स्थानीय निकायसँग समन्वय गरी त्यसतर्फ आफ्नो ध्यान रहेको उल्लेख गरे। राष्ट्रिय प्रजातन्त्र पार्टी बिना सरकार अधुरो रहने देखिए मात्रै त्यसबारे धारणा बनाउने समेत उनको भनाई थियो। नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर