मंसिर १५ / नेपाली कांग्रेसका " />
प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वभाविक हो : नेता पौडेल
बिहिबार, मङि्सर १५, २०७९ मा प्रकाशित

चितवन, मंसिर १५ / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वाभाविक रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वाभाविक माग भएको बताए । “गठबन्धनको बहुमत पुगेको छ ।

गठबन्धनको सरकार बन्छ । दलहरुबीच सल्लाह हुँदैछ ।” उनले भने, “म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो ।” पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उनले बताए । पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलको भनाइ छ ।

“सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरु साथीहरु पनि खुला हुनुहुन्छ । तर अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेष्ट गर्नुपर्ने मान्छे म मात्र हो ।” उनले भने, “पार्टी सभापतिले मेरो प्रस्तावलाई सहजरुपमा नै लिनुभएको छ । सल्लाह गरौला भन्नुभएको छ । सल्लाह हुन्छ ।”

टिकट वितरण गर्दा गठबन्धन दलहरुबीच तालमेल नमिलेका कारण निर्वाचनमा कतिपय स्थानमा पराजय भोग्नु परेको उनले बताए । युवाको जोस र पुरानाको अनुभवलाई मिलाएर देश चलाउने नेता पौडेलले  बताए । फरक शक्तिको आगमनलाई गम्भीरतापूर्वक लिएको उनको भनाइ छ । उनले भने, “नयाँ शक्तिको आगमन हाम्रा कमी कमजोरीका कारणले भएको असन्तुष्टिको सन्देश भनेर मैले लिएको छु ।” रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर