सडक सिमाभित्रका घर टहरा हटाउन गुलरिया नगरपालिको अनुरोध
आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित

बर्दिया, मंसिर १८ (फरकसमाचार) / पैतिस दिने सुचना प्रकाशन गर्र्दै सडक सिमाभित्र निर्माण भएका घर टहरा हटाउन गुलरिया नगरपालिकाले अनुरोध गरेको छ । गुलरिया नगरपालिका–६ गणेशमान चोक देखि कृषि विकास बैंक जाने सडकसम्म सडक सिमाभित्र निर्माण भएका घर टहरा हटाउन आइतबार सुचना प्रकाशन गर्दै नगरपालिकाले अनुरोध गरेको हो ।

नगरपालिकाको मापदण्ड सडकको केन्द्र बिन्दुबाट दायाँ बायाँ ९/९ मिटर भएतापनि हाल नाली निर्माण गर्दा दायाँ बायाँ ७/७ मिटर र बत्तिका पोलहरु ७ मिटर भन्दा बाहिर सडक सिमाभित्र निर्माण गरिएका घर टहरा हटाई खाली गर्न प्रकाशित सुचनामा उल्लेख छ ।

गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले हस्ताक्षर गरिएको सुचना प्रकाशित भएको छ । सरकार संचालन ऐन २०७४ को दफा ४५ को उपदफा २ र ३ बमोजिम घर टहरा हटाउन सुचना प्रकाशन गरिएको यदि सो ऐन दफा ४५ को उपदफा ४ बमोजिम नहटाएमा नगरपालिकाले त्यस्तो संरचना आफै भत्काउने र भत्काउन लागेको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्नेसमेत प्रकाशित सुचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर