प्रारम्भिक बालविकासमा परियोजनाले सघाउँदै
बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित

बर्दिया, मंसिर २१ (फरकसमाचार) / प्रारम्भिक बालविकासमा बालबालिकाको सपना परियोजनाले सघाउँदै आएको छ । गर्भवास्था देखि ८ वर्षसम्मको बालबालिकाको सर्वागिण विकासको लागि बालबालिकाको सपना परियोजनाले सघाउँदै आएको हो । प्लान इन्टरनेशनल नेपालको सहयोगमा थारु महिला उत्थान केन्द्र द्वारा संचालित बालबालिकाको सपना परियोजनाले बालबालिकाको सर्वागिण विकासमा सहयोग पु¥याउने उदेश्यले तीन पालिकामा काम गरिरहेको छ । बालबाािलकाको सर्वागिण विकासको लागि परियोजनाले अभिभावकलाई सबै कुरा सिकाउँदै आएको छ । प्रारम्भिक बालविकासमाको अवधिमा अभिभावकको जिम्मेवारी के कसरी निभाउने परियोजनाले समुदायमा सिकाएको छ ।

राजापुर नगरपालिका–६,८,९ र १०, बारबर्दिया नगरपालिका–१ देखि ५ सम्म र ठाकुरबाबा नगरपालिकाको सबै वडामा परियोजना विगत दुई वर्ष अघि देखि संचालन भईरहेको छ । बालबालिकाको सपना परियोजनाले समाजमा धेरै परिवर्तन ल्याएको ठाकुरबाबा नगरपालिकाका स्थानीय खुस्बु चौधरीले बताए । ‘परियोजना सुरु हुनु अगाडि अभिभावकमा त्यति वास्ता थिएन’ उनले भने,‘तर, अहिले परियोजना गर्दा अभिभावकलाई धेरै सचेत भएका छन् ।’ गर्भवास्था देखि नै अभिभावकहरुलाई के कसरी ध्यान दिने परियोजनाले सिकाएको छ । त्यसै गरि प्रारम्भिक बालविकासमा अभिभावकको महत्वलाई बुझाएको छ । सबै अभिभावकले पहिलाको भन्दा बालबालिकाको विकामा ध्यान दिएको उनको भनाई छ ।

परियोजनाले गर्दा बालबालिका प्रति स्वास्थ्यकर्मीले गर्ने व्यवहारमा धेरै परिवर्तन आएको पदनाहा स्वास्थ्य चौकीका रमेश पौडेलले बताए । आफुले विगत २० वर्षदेखि सो स्वास्थ्य चौकीमा कार्यरत रहेको बताए । यो परियोजना संचालन भए देखि धेरै परिवर्तन आएको महसुस भएको सुनाए । ‘पहिला बिना परिवार योजना बनाएर बच्चा जन्माउने गर्थे’ उनले भने,‘तर अहिले परिवारको योजना बनाएर मात्र अभिभावकले बच्चा जन्माउने सोच बनाउँछन् ।’ परियोजनाले गर्दा आज भोलि पहिलाको भन्दा बढी बालबालिका स्वास्थ्य चौकीमा सेवा लिन आएका छन् । यसरी बालबालिको सर्वागिण विकासमा अभिभावकको ख्याल बढेको उनले सुनाए ।

बालबालिका जन्मेको पहिलो एक हजार दिनमा छिटो सिक्ने अवधि रहेको प्लान इन्टरनेशनलका किरण भण्डारीले बताए । ‘यस अवधिमा बालबालिकालाई अभिभावकको बढी आवश्यक पर्छ’ उनले भने,‘यस अवधिमा अभिभावकले सिकाएको कुरा बालबालिकाले पछि व्यवहारमा उतारछन् ।’ बालबालिकाको सर्वागिण विकासको लागि पहिलो घेरा परिवार रहेको बताए । दोस्रो समाज र तेस्रो घेरा राज्य रहेको सुनाए । बालबालिकाले परिवार र समाजबाट सिकेको कुरा व्यवहारमा उतारछन् । त्यसैले बालबालिकाको सर्वागिण विकासको लागि परिवार, समाज र राज्यको उत्तिकै जिम्मेवारी रहेको बताए । बालबालिकालाई त्यति कुरा थाहा हुदैन त्यसैले बालबालिको जिम्मेवारी निभाउने अभिभावकले विषेश ध्यान पु¥याउन भण्डारीले आग्रहसमेत गरे ।

प्रारम्भिक बालविकास सम्बन्धि संचारकर्मीहरुसंग सोमबार गरिएको अन्तरक्रिया कार्यक्रममा थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्म सिंह थारु, प्लान ईन्टरनेशनलका किरण भण्डारी, दिपा ओली, पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष यादव आचार्यलगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर