लागु औषधसहित दुई पक्राउ
बिहिबार, मङि्सर २२, २०७९ मा प्रकाशित

बर्दिया, मंसिर २२ (फरकसमाचार) / लागु औषधसहित प्रहरीले एक महिला र एक पुरुष गरी दुई जनालाई पक्राउ गरेको छ । जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका–२ भुरेलीका २४ वर्षिय दिपेन्द्र बुढा र वडा नंम्बर ९ लाटीकोइलीका २२ वर्षिय कृपा बोहरालाई प्रहरीले पक्राउ गरेको हो । बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित चेकपोष्ट नजिकबाट प्रहरीले दुवै जनालाई मंगलबार नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले दुवै जनाको साथबाट २० पुरिया ब्राउन सुगर फेला पारेको छ । पुरिया बनाई लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले लागु औषध बरामद गरेको छ । प्रहरीका अनुसार १४ ग्राम ६ सय ३० मिलिग्राम खैरो धुलो पदार्थ जस्तो देखिने ब्राउन सुगर फेला परेको छ । प्रहरी चौकी जमुनी र सशस्त्र प्रहरी बल फुटाहाबाट खटिएको संयुक्त टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई लागु औषध मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय