हरित पार्क निर्माण गर्ने उदेश्यले निर्माण व्यवसायीले गरे बृक्षरोपण
शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित

बर्दिया, मंसिर २३ (फरकसमाचार) / हरित पार्क निर्माण गर्ने उदेश्यले १५औं राष्ट्रिय निर्माण दिवशको अवसरमा निर्माण व्यवसायीले गुलरियामा बृक्षरोपण गरेका छन् । गुलरिया नगरपालिका–५ माताङ्गी देवीको गेट देखि कृषि विकास बैंक जोड्ने सडकखण्डमा निर्माण व्यवसायीले बिहीबार बृक्षरोपण गरेका हुन् । यो एरियालाई हरित पार्क निर्माण गर्ने उदेश्यले निर्माण व्यवसायी संघले बिरुवा रोपेको छ ।

१५औं राष्ट्रिय निर्माण दिवसको अवसरमा १५ वटा बिरुवा रोपी अभियान शुभारम्भ भएको निर्माण व्यवसायी संघ गुलरियाका अध्यक्ष भेषराज पौडेलले बताए । ‘निर्माण व्यवसायी संघले संरक्षण र प्रर्वधन गर्ने गरि बिरुवा रोपिएको छ’ अध्यक्ष पौडेलले भने,‘निर्माण व्यवसायी संघको अगुवाईमा यस एरियाको डिभाईडरमा विभिन्न जातका बिरुवा रोप्ने कार्य निरन्तर हुनेछ ।’

डिभिजन वन कार्यालयले सिफारिस गरेको सडकको डिभाईडरमा लगाउने फुललागयतका बिरुवा रोपिएको छ । सडक डिभाईडरमा रोपिने बिरुवाले वातावरण प्रदुषण रोक्नुको साथै आकर्षक देखिने अध्यक्ष पौडेलको भनाई छ । यस कार्यमा हातेमालो गरी सुन्दर र स्वच्छ समाज बनाउन स्थानीयलाई पौडेले आग्रहसमेत गरेका छन् ।

बृक्षरोपण कार्यक्रममा गुलरिया नगरपालिकाकी नगर प्रमुख सावित्रा गौतम, निर्माण व्यवसायी संघका अध्यक्ष भेषराज पौडेललगायत निर्माण व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय