लागु औषध ब्राउन सुगरसहित एक पक्राउ
बुधबार, मङि्सर २८, २०७९ मा प्रकाशित

बर्दिया, मंसिर २८(फरकसमाचार) / लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्युठानका एक जनालाई प्रहरीले बढैयाताल गाउँपालिका फुटाहा स्थितबाट सोमबार लागु औषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला प्युठान, प्युठान नगरपालिका–७ का पुन्यखोला बस्ने २७ वर्षिय बद्रि थापा मगर रहेका छन् । बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित लागु औषधसहित थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषधको कारोबार भईरहेको सुचनाको आधारमा प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले थापालाई नियन्त्रणमा लिएको हो । थापाको साथबाट प्रहरीले ३ ग्राम ७ सय ८० मिलि ग्राम लागु औषध ब्राउन सुगर फेला पारेको छ ।

प्रहरीले थापालाई नियन्त्रणमा लिई अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर