बर्दिया, पुस ४ (फरकसमाचार) / लेनदेन मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१२ का मोहम्मद सरिफ खाँलाई प्रहरीले पक्राउ गरेको हो । गत कात्तिक १८ गतेको अदालतले लेनदेन मुद्दामा खाँलाई २ वर्ष कैद सजाय तोकेको थियो ।
अदालतले सजाय तोकेको दिनदेखि खाँ फरार रहेका थिए । आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले शुक्रबार खाँलाई नियन्त्रणमा लिएको छ ।
खाँलाई नियन्त्रणमा लिई आइतबार अदालतमा उपस्थित गराई कैद सजाय भुक्तान गर्न कारागार पठाईएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।