बैदेशिक रोजगारमा जाँदा आधारभुत जानकारी हुन आवश्यक
सोमबार, पुष ०४, २०७९ मा प्रकाशित

बर्दिया, पुस ४ (फरकसमाचार) / सकेसम्म आफ्नै ठाउँमा रोजगार गर्ने यदि बाध्यताले बिदेसिनु पर्दा जाने देशको बारेमा आधारभुत जानकारी लिएर मात्र जान आमकास बर्दियाले सुझाव दिईरहेको छ । आइबार अन्र्तराष्ट्रिय आप्रावासी दिवसको अवसरमा आयोजित सरोकारवाला निकायसंग आप्रावासीका आवाज कार्यक्रमको सम्बोधन गर्दै आप्रावासी महिला कामदार संस्थाकी अध्यक्ष संगिता महताराले सो कुरा सुझाएकी हुन् । ‘आफु खुसी कोही पनि बिदेसिएका छैनन्’ अध्यक्ष महताराले भनिन्,‘बाध्यताले बिदेसिदा पनि जाने देशको बारेमा सामान्य जानकारी नहुँदा धेरैले दुःख पाईरहेका छन् ।’ कतिले भाषा नबुझ्दासमेत दुःख पाएका छन् ।

बिदेश जाँदा नेपालबाट नभई गैर कानुनी रुपमा अन्य देश हुँदै गएको पनि भेटिन्छ । गैर कानुनी रुपमा बिदेसिएका कति अलपत्रमा समेत परेका छन् । त्यसैले बिदेश जाँदा नेपालको कानुनी प्रक्रिया अनुसार आधारभुत जानकारी लिएर मात्र जान आमकासकी अध्यक्ष महताराले आग्रहसमेत गरिन् । आमकास बर्दियाको पहलमा अहिलेसम्म बिदेशमा अलपत्र परेका २५ जना महिला पुरुषलाई उद्दार गरिएको अध्यक्ष महताराले जानकारी दिईन् ।

बिदेशबाट फर्केका व्यक्तिहरुले विदेशमा आर्जन गरेका सीपको प्रयोग गरी स्वदेशमा रोजगारीका लागि आमकासले सहजीकरण गरिरहेको छ । विभिन्न प्रलोभनमा परी विभिन्न माध्यमबाट गैर कानुनी रुपमा विदेशीने र दुःख पाईरहेकाको संख्यामा कमी छैन । त्यसलाई नियन्त्रण गर्न सबैले सघाउन आमकासले आग्रहसमते गरेको छ ।

आइबार अन्र्तराष्ट्रिय आप्रावासी दिवसको अवसरमा सरोकारवाला निकायसंग आप्रावासीका आवाज कार्यक्रममा सहभागी आप्रावासीहरुले आफुहरुले बिदेशमा रहँदा भोगेका सुखदुखको अनुभव सुनाएका थिए ।

गुलरिया नगरपालिका–५ का वडा अध्यक्ष मुम बहादुर मल्ल, वडा नंम्बर ७ का वडा अध्यक्ष मनोज कुमार यादव, शान्ति पुनस्र्थापना गृहकी सपना शर्मा, नागरिक समाज संजालकी संयोजक हिमा सुनारलगायत आप्रावासीहरुको कार्यक्रममा सहभागिता रहेको थियो । आमकासले गरेको काममा सहकार्य गर्ने सहभागिहरुले भनाई राखेका थिए । अन्र्तराष्ट्रिय आप्रावासी दिवसको अवसरमा सरोकारवाला निकायसंग आप्रावासीका आवाज कार्यक्रम आमकासको आयोजना र शान्ति पुनस्र्थापना गृहको समन्वयमा सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय